• होमपेज
  • राजनीति
  • आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन पर्यटनमन्त्री पाण्डे भारत प्रस्थान

आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन पर्यटनमन्त्री पाण्डे भारत प्रस्थान

  • मङ्लबार, भदौ २५, २०८१
आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन पर्यटनमन्त्री पाण्डे भारत प्रस्थान

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मंगलबार भारत प्रस्थान गरेका छन् ।

बुधबारदेखि नयाँ दिल्लीमा सुरु हुने एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रूपमा आयोजना गर्न लागेका हुनु ।

एसिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको बिहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उक्त सम्मेलनमा करिब ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागिता हुने जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार