• होमपेज
  • राजनीति
  • रामेछाप कांग्रेसमा विवाद, सभापतिको निर्णयविरुद्ध सचिव

रामेछाप कांग्रेसमा विवाद, सभापतिको निर्णयविरुद्ध सचिव

  • आइतवार, भदौ २३, २०८१
रामेछाप कांग्रेसमा विवाद, सभापतिको निर्णयविरुद्ध सचिव

रामेछाप कांग्रेसमा नेतृत्वको कार्यशैलीलाई लिएर विवाद उत्पन्न भएको छ । सङ्घीय सरकारका ऊर्जा राज्यमन्त्रीसमेत रहेका कांग्रेस जिल्ला कार्य समिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले पार्टीमा एकलौटी निर्णयहरू गरिरहेको भन्दै अन्य पदाधिकारी र सदस्यले उनलाई अवरोध गर्ने चेतावनी दिएका छन् ।

कांग्रेस जिल्ला कार्य समिति रामेछापका सचिव दीपक खड्काले आइतबार विज्ञप्ति जारी गर्दै सभापति कान्छारामले विधान विपरीत तानाशाही प्रवृत्ति देखाएको भन्दै उनको कार्यशैलीविरुद्ध एकजुट हुन नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।

सचिव खड्काले पार्टीको बैठक बसेर विवाद समाधान नगरी एकलौटी रूपमा भदौ २४ गते बीपी जयन्ती कार्यक्रम आयोजना गरेकोमा आपत्ति जनाउँदै उनले उक्त कार्यक्रममा अवरोध गर्ने चेतावनी दिएका छन् ।

ramechhap-congress

चर्चामा

सम्बन्धित समाचार