• होमपेज
  • समाज
  • आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस

आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस

  • आइतवार, भदौ २३, २०८१
आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस

आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन यो दिवस मनाउने गरिन्छ । यस वर्ष साक्षरता दिवसको नारा ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ रहेको छ । सरकारले २०६५ सालमा निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान सुरु गरेको थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार अहिलेसम्म ७७ मध्ये ६४ जिल्ला साक्षर घोषणा गरिएको छ । जसमा बागमती, गण्डकी र कोशी बाहेकका प्रदेश साक्षर घोषणा हुन बाँकी नै छन् ।

घोषणा हुन बाँकीमा मधेस प्रदेशका ८ जिल्ला, कर्णालीका मुगु जुम्ला, हुम्ला, कालिकोट र डोल्पा रहेका छन् । आगामी वर्षसम्ममा नेपाललाई साक्षर नेपाल घोषणा गरी सिकाइका अवसरहरू सुनिश्चित गर्ने सरकारको लक्ष्य रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार