• होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकाका वडाहरुमा इन्टरनेट जडानका लागि टेलिकमलाइ अनुराेध

बडीमालिका नगरपालिकाका वडाहरुमा इन्टरनेट जडानका लागि टेलिकमलाइ अनुराेध

  • शनिबार, भदौ २२, २०८१
बडीमालिका नगरपालिकाका वडाहरुमा इन्टरनेट जडानका लागि टेलिकमलाइ अनुराेध

बाजुरा– बाजुराको सदरमुकाममा अवस्थित बडीमालिका नगरपालिकाका सबै वडामा अप्टिकल फाइवर नेट जडान गर्न नगरपालिकाले नेपाल टेलिकमलाई आग्रह गरेको छ । नगरपालिकाको प्रविधीमैत्री नगर नीति बमोजिम नौ वटै वडा कार्यालयमा फाइवर इन्टरनेट सेवा जडान गर्ने कार्यका लागि माग गरेको हो ।
बडिमालिका नगर प्रमुख अमर बहादुर खड्काका अनुसार सबै वडामा अबको केहि समयमै फाइवर नेट सेवा जडान गर्ने गरी सम्बन्धित निकायहरुसँग छलफल तथा समन्वय भइरहेको छ । फाइवर नेट जडान गर्न नगर कार्यपालिकामा निणर्य भएर कर्मचारी, जनप्रतिनिधि तथा प्राविधिकहरुसँग पनि थप छलफल र परामर्श गरेर कार्य अगाडि बढाइएको नगर प्रमुख खड्काले बताएका छन ।
बडिमालिका नगरपालिकाले नगरलाई पूणर्तया प्रविधिमैत्री बनाउनका प्रविधि सामग्री तथा दिगो र भरपर्दो ईन्टरनेट सेवा जडान गरी ९ वटै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरुबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री बनाउने नीति लिएको भए पनि सबै वडामा भरपर्दो इन्टरनेट नहुदा समस्या भएकोले टेलिकमलाई प्राबिधीक इष्टेटमेट बनाएर प्रक्रिय अगाडी बढाउन अनुरोध गरिएको नगर प्रमुख खड्काले बताए ।

नगरपालिकाले हाल सदरमुकाममा पर्ने वडा नम्बर ८ र ९ मा भने फाइवर नेट सेवा जडान गरिसकेको र बाकी रहेका वडाहरुमा नेट जडानका लागि टेलिकमलाई अनुरोध गरेको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशीले बताए । गत बर्ष नगरपालिकाले नवप्रर्वतन कार्यक्रमबाट सबै वडा कार्यालयहरुमा सोलार, कम्प्यूटर लगायतका प्रविधि सामग्री जडान गरी सकेपछि इन्टरनेटको समस्या हुने गरेको भन्दै तत्काल फाइवर नेट जडान गर्ने कार्यमा लागेको प्रमुख प्रशासकिय अधिकृत केशीले बताए । नगरपालिकाले वडा कार्यालयहरुमा फाइवर नेट जडान कार्यमा सहयोग गरिदिन भन्दै नेपाल टेलिकम बाजुरालाई समेत निवेदन दिएको केशीले बताए ।
त्यस्तै नगरपालिकाले मार्तडी बजार क्षेत्रको सडक बाटोमा पनि कित्ताकाटको काम अघि बढाउने भएको छ । अव्यवस्थीत घरहरु र बाटोको सीमाना निर्धारण नहुँदा देखिएको समस्यालाई हल गर्न केही महिनाभित्र कित्ताकाट गरिसक्ने तयारी पालिकाले गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार