आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • समाज
  • डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु

डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु

  • शनिबार, भदौ २२, २०८१
डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु

डोटी— डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन्।

जिल्लाको आदर्श गाउँपालिका–३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको छ। सोहि ठाउँकी अन्दाजी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएकी छन्। मृतक कौमती देवी नातिनीसहित आफ्नो घरबाट आदर्श गाउँपालिका–६ सौकल्लामा माइति घर जाँदै थिइन्।

उनिहरु आदर्श गाउँपालिका–३ कै उन्ने ओडार भन्ने ठाउँमा बाटो माथिबाट आएको पहिरोमा परेको प्रहरीले जनाएको छ। घाइते बालिकाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार