• होमपेज
  • समाज
  • अछाममा २ वटा भरुवा बन्दुकसहित २ जना पक्राउ

अछाममा २ वटा भरुवा बन्दुकसहित २ जना पक्राउ

  • शनिबार, भदौ २२, २०८१
अछाममा २ वटा भरुवा बन्दुकसहित २ जना पक्राउ

अछाममा २ वटा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। जिल्लाको बिनायक नगरपालिका–९ ओखरगैरा बस्ने ६८ वर्षीय नन्दराम साउँद र सोही ठाउँ बस्ने ६७ वर्षीय चिन कार्की पक्राउ परेका हुन्।

साउँदले आफ्नै घर नजिक बारीमा लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान, सिसाको गोली १३ वटा र बारुद लुकाएका थिए। यस्तै कार्कीले पनि आफ्नै घरको सुत्ने कोठामा लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक एक थान, सिसाको गोली ९ वटा र बारुदसहित फेला पारी दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कालेकाँडाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा घर तथा बारिमा खाँनतलासी गर्दा उक्त भरुवा बन्दुक, सिसा र बारुद फेला पारी पक्राउ गरेको जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार