• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगर क्षेत्रभित्र चल्ने अटो अनिवार्य दर्ता, भाडादर समेत तोकियो

बडिमालिका नगर क्षेत्रभित्र चल्ने अटो अनिवार्य दर्ता, भाडादर समेत तोकियो

  • शुक्रबार, भदौ २१, २०८१
बडिमालिका नगर क्षेत्रभित्र चल्ने अटो अनिवार्य दर्ता, भाडादर समेत तोकियो

बाजुरा– बाजुराको सदरमुकाममा अवस्थित बडिमालिका नगरपालिकाले अटो व्यवसायीहरुलाई अनिवार्य दर्ता गर्नुपर्ने ब्यवस्था गरेको छ । शुक्रबार नगरपालिका, अटो व्यवसायी तथा सरोकारवालाहरुको सहभागितामा बसेको अटो व्यवस्थापन समितिको बैठकले नगरभित्र सञ्चालनमा रहेका अटो व्यवसायीहरुलाई अनिवार्य दर्ता गर्ने निर्णय गरेकाे  हो ।

नगरपालिकामा दर्ता र नगरपालिकाका स्थित साफे मार्तडी राजमार्गको हडडे खोला देखि मार्तडी सम्म चल्ने अटोहरुको भाडादर निर्धारण गरि तत्काल लागू गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ । जस अनुसार मार्तडी देखि चौराटी खेतसम्म, ४५ रुपैयाँ, मार्तडी- सेलाघाट ५०, मार्तडी- सुवाकाँध ६०, मार्तडी- बाँसठाना ७५, मार्तडी – रापक ८०, मार्तडी-बिरेखालासम्म ९० रुपैयाँ भाडा निर्धारण गरिएको जनाएको छ ।

त्यस्तै मार्तडी- नुनेपानी १ सय ५, मार्तडी- पानीनाउला १ सय २०, मार्तडी- सिमलगौडा १ सय ३५, मार्तडी- जडांगा १ सय ४५, मार्तडी- ओलेना १ सय ६०, मार्तडी-तिपाडा १ सय ७५, मार्तडी- चिनेचौर १ सय ८५ र मार्तडी- हड्डे खोलासम्म २ सय रुपैयाँ भाडादर कायम गरिएको नगरपालिकाले जनाएको छ ।

सदरमुकाम क्षेत्रमा चल्ने अटो व्यवसायीहरुले यात्रुहरुबाट मनोमानी रुपमा भाडा असुल्ने गरेको गुनासो पछि नगरपालिकाले भाडादर निर्धारण गरेर लागू गर्न निर्देशन दिएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार