• होमपेज
  • बजार
  • सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

  • शुक्रबार, भदौ २१, २०८१
सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रति तोला एक हजार तीन सय रुपैयाँले वृद्धि भएको जनाएको छ।

महासंघका अनुसार छापावाला सुनको मूल्य आज एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । बिहीबार प्रतितोला एक लाख ५२ हजारमा सुनको कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । चाँदी तोलाको एक हजार सात सय ९५ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार