• होमपेज
  • बडिमालिका
  • जिसस बाजुराले बिकाश निर्माणमा निग्रानी बढाउने

जिसस बाजुराले बिकाश निर्माणमा निग्रानी बढाउने

  • शुक्रबार, भदौ २१, २०८१
जिसस बाजुराले बिकाश निर्माणमा निग्रानी बढाउने

बाजुरा– जिल्ला समन्वय समिति बाजुराको बार्षिक समिक्षा कार्यक्रम बिहिबार सदरमुकाम मार्तडीमा सम्पन्न भएको छ । जिल्लाको बिकास निर्माणमा अव बिषेश निग्रानी गर्ने निष्कर्ष सहित कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिति बाजुराको बार्षिक समिक्षा संगै बाजुराको बिकाशमा समन्वय समितिले खेल्नुपर्ने भुमिकाका बिषयमा छलफल गरिएको थियो । जिल्लामा बिकाश निर्माण र जिल्लामा आउने बजेटलाई सदुपयोग हाेस भन्ने उदेस्यका साथ  समन्वय समितिले समसन्वयात्मक भुमिका निर्बाह गरि  अगाडी बढ्ने रणनिती बनाएको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताए ।
समिक्षा कार्यक्रममा जिल्लाको बिकासमा सबै राजनितिक दल र कार्यालय प्रमुखहरु संग छलफल गरिने गरि तय भएको कार्यक्रममा केही राजनितक दलहरु र केही कार्यालयको उपस्थिती नहुदा उदेस्य अनुसारको कार्यक्रम गर्न नसकेको निष्कर्षमा रहेको समन्वय प्रमुख रोकायाले बताए ।  समन्वय प्रमुख तुलसीराम राेकायाकाे अध्यक्षतामा संचालन भएकाे  कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले केन्द्रयि सदस्य तथा निर्वतमान सघिंय सासंद लाल बहादुर थापा र बिषिष्ठ अतिथीमा जिल्लामा क्रिृयाशिल राजनितक दलहरुका प्रतिनिधीहरुलाई बोलाएको समन्वय अधिकारी दिपेन्द्र पाण्डेले बताए ।
समिक्षा कार्यक्रममा जिल्लाका सबै कार्यालयहरु र राजनितिक दलहरुलाई बोलाईएको भए पनि केही राजनितीक दलहरु र केही सरकारी कार्यालयको अनुपस्थिती रहेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ । आसन ग्रहणमा बरियता नमिलेको भन्दै नेपाली काँग्रेस बाजुराका सभापती रामसिंह रावल र नेकपा माओबादी केन्द्र बाजुराका प्रतिनिधीले कार्यक्रम बहिस्कार गरेर निस्कीए । काँग्रेस सभापती रावलले प्रमुख जिल्ला अधिकारी भन्दा पहिला आफुलाई आसन ग्रहण हुनुपर्ने माग राखेका थिए, तर सरकारी कार्यक्रममा पहिला प्रमुख जिल्ला अधिकारी हुने ब्यवस्था रहेको समन्वय समिति बाजुराले जनाएको छ ।  काँग्रेस सभापती रावलले सिडीयो भन्दा पछाडी आसन ग्रहण गराएको भन्दै कार्यक्रम बहिस्कार गरेका थिए ।
जिल्ला समन्वय समितीले सोही कार्यक्रमको अवसरमा बाजुराको बिकासमा सबै राजनितिक दललाई एकबद्ध गरि बिकासका साझा कार्यक्रममा प्रतिबद्धता गराउने कार्यक्रम रहेको भए पनि राजनितीक कुसंस्कारले जगडीएको ठाउँमा नयाँ काम गर्न नसकिने रहेछ समन्वय प्रमुख रोकायाको भनाई रहेको छ । चुनाव सकिएको लामो समय बितिसकको भए पनि जिल्लामा रहेका राजनितक दलहरुको तिक्तता अझै बाकी रहेकोले यस्ता कुसंस्कारहरुलाई निरुत्साहीत गर्न जरुरी रहेको समन्वय प्रमुख रोकायाको भनाई रहेको छ ।
त्यसै गरि जिल्ला समन्वय समिति बाजुराले कार्यक्रममा बोलाएका बन डिभिजन कार्यालय बाजुरा सिचाई सव डिभीजन कार्यालय, खानेपानी बिधुत प्राधीकरण, नेपाल टेलिकम र बाजुरालाई कार्यक्षेत्र बनाएका तर जिल्लामा कार्यालय नभएका पुर्वाधार कार्यालय, यातायात, सडक डिभीजन र जलाधार लगायतका कार्यालयहरु समेत उपस्थिती नरहेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ । जिल्लामा करोडौका कामहरु गर्ने तर आबस्यक समन्वय सहकार्य नगर्ने कार्यालयहरुका कामलाई जिल्ला समन्वय समितिले बिषेश गरि हेर्ने समन्वय समिति बाजुराले जनाएको छ ।
पहिलो चरणमा सरकारी कार्यालय संग समिक्षा तथा छलफल  कार्यक्रम सम्पन्न गरियाे, यसपिछी स्थानियतह हरुसंग अन्तरक्रिया कार्यक्रम गरि जिल्लाको बिकासमा सकरात्मक र रचनात्मक कार्यक्रमा सहयोगी भुमिका निर्बाह गर्ने जनाएकाे छ  । बाजुरामा पनि गर्न मिल्छ भन्ने सोचेका कार्यालयहरुको कामलाई बिषेश निर्गानी गर्ने निष्कर्ष सहित कार्यक्रम सम्पन्न गरिएको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ ।
जिल्ला सभा तथा जिल्ला समन्वय समिति संचालन ऐनको २०७५ को परिच्छेद ३ बमोजिम जिल्ला समन्वय समितिको काम बिकाश निर्माणमा सन्तुलन कायम गर्नु, संघ प्रदेश र स्थानिय तहका कार्यक्रमहरुलाई सन्तुलन कायम गर्न सघाउ पुर्याउन तथा समन्वय गर्ने ब्यवस्था रहेको छ । यस अघिको जिल्लाको बिकाश निर्माणका कार्यक्रहरुलाई समिक्षा गर्दै यसपछि हुने कार्यहरुमा बिषेश निग्रानी गर्ने समन्वय समिति बाजुराल जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार