• होमपेज
  • समाज
  • बैतडीको सिगासमा स्वास्थ्यकर्मीलाई बलात्कार आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ

बैतडीको सिगासमा स्वास्थ्यकर्मीलाई बलात्कार आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ

  • बिहिबार, भदौ २०, २०८१
बैतडीको सिगासमा स्वास्थ्यकर्मीलाई बलात्कार आरोपमा स्वास्थ्य चौकी प्रमुख पक्राउ

बैतडी– बलात्कारको आरोपमा बैतडीमा एक स्वास्थ्य चौकीका प्रमुख पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको सिगास गाउँपालिका-२ गाँजरी स्वास्थ्य चौकीका प्रमुखसमेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी छन्।

३१ वर्षीया युवतीले आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै जाहेरी दिएपछि धामीलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। धामीले विभिन्न प्रलोभनमा पारी पटक-पटक जबरजस्तीकरणी गरेको पीडित युवतीको आरोप छ।

पीडित युवती अविवाहित र स्वास्थ्यकर्मी समेत रहेकी बुझिएको छ। पक्राउ पर्ने धामी विवाहित रहेका छन्। पीडितले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार