• होमपेज
  • बाजुरा बिशेष
  • निजामती कर्मचारी दिवसको अवसरमा ब्याटमिन्टन प्रतियोगिता सुरु

निजामती कर्मचारी दिवसको अवसरमा ब्याटमिन्टन प्रतियोगिता सुरु

  • बिहिबार, भदौ २०, २०८१
निजामती कर्मचारी दिवसको अवसरमा ब्याटमिन्टन प्रतियोगिता सुरु

बाजुरा —जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा निजामती कर्मचारी दिवस २०८१ को अवसर पारेर महिला/ पुरुष डबल ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ ।

बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको अध्यक्षतामा बिहिबार एक कार्यक्रमका विच प्रतियोगिताको उद्घाटन गरिएको प्रतियोगिता संचालक समितिले जानकारी दिएको छ । आजबाट सुरु भएको प्रतियोगिता भदौ २२ गते निजामती कर्मचारी दिवसका दिन समापन हुने गरि संचालन गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा महिलातर्फ ७ वटा टिमले प्रतिस्पर्धा गर्ने छन भने पुरुषतर्फ १६ वटा टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताका बिजयी टिमलाई मेडल प्रमाण पत्र र उचित पुरस्कारको व्यावस्था गरिएको आयोजकले जनाएको छ । निजामती कर्मचारी दिवसको अवसरमा आयोजित ब्याटमिन्टन प्रतियोगिता जिल्ला स्थित सरकारी कार्यालय गैर सरकारी संस्थाहरुको सहयोग रहेको छ । प्रतियोगिता बाजुरा सदरमुकाम मार्तडीमा रहेको जेवी मिडियाको हलमा संचालन भएको भएको छ ।

ब्याटमिन्टन प्रतियोगिता उद्घाटन खेलको संचालन रेफ्रिको भुमिका दिपक भारतीले गरेको छन् । सदरमुकाम मार्तडीमा निर्माणाधिन कभहडल अलपत्र अवस्थामा रहेको छ । जिल्लाaमा हुने सरकारी दिवस लगायत अन्य खेलकुदका कार्यक्रम निजी संस्थाहरुमा भाडा तिरेर गर्नु पर्ने बाध्याता रहेको छ । सरकारी संरचना अलपत्र अवस्थामा पारेर सार्वजनिक कार्यक्रम निजी सस्थाहरुमा हुनु दुखद कुरा भएको स्थानियहरु बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार