• होमपेज
  • राजनीति
  • रामकुमारी भन्छिन्- एमाले कार्यकर्ताले मात्रै फलो गरे ओलीका फलोअर्स दोब्बर हुन्छन्

रामकुमारी भन्छिन्- एमाले कार्यकर्ताले मात्रै फलो गरे ओलीका फलोअर्स दोब्बर हुन्छन्

  • बुधबार, भदौ १९, २०८१
रामकुमारी भन्छिन्- एमाले कार्यकर्ताले मात्रै फलो गरे ओलीका फलोअर्स दोब्बर हुन्छन्

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा बोलेकी छन् ।

अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टकराव चलिरहेको छ । यस्तोमा बालेनका समर्थक अहिले फेसबुकमा ओलीलाई अनफलो अभियानमा छन् ।

यसैबीच ओलीको बचाउ गर्दै झाँक्रीले सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा राखेकी छन् । ‘एमाले पार्टीका संगठित सदस्यहरूले मात्रै फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ’, उनले भनेकी छन् ।

यही भदौमा भएको आन्तरिक निर्वाचनमा नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा झाँक्री पार्टीको उपाध्यक्ष जयन्ती राईसँग पराजित भएकी थिइन्। झाँक्री अहिले एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य छिन् ।

चर्चामा

सम्बन्धित समाचार