• होमपेज
  • बडिमालिका
  • अवैध गाँजा नष्ट गर्दै बाजुरा प्रहरी

अवैध गाँजा नष्ट गर्दै बाजुरा प्रहरी

  • बुधबार, भदौ १९, २०८१
अवैध गाँजा नष्ट गर्दै बाजुरा प्रहरी

टेक बहादुर बुढा —बाजुरा प्रहरीले अवैध रुपमा उम्रिएको गाँजा फडानी गरी नष्ट गर्ने अभियान थालेको छ । जिल्लाका विभिन्न स्थानका बाँझो जमिनमा स्थानीयले लगाएको अथवा प्राकृतिक रुपमा उम्रिएको अवैध गाँजा फडानी गर्दै नष्ट गर्ने अभियानमा प्रहरी लागेको हो ।

बाजुरा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी चौकीको टोलीले एक बर्षमा मात्रै ३३ रोपनी खाली जमिनमा उम्रिएको अवैध गाँजा फडानी गरि नष्ट गरिएको जनाएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीको टोलीले गत आर्थिक बर्ष २०८०।८१ देखि चालु आवको हालसम्म जिल्लाका नौ वटा स्थानीय तहमध्ये ५ वटा पालिकाका विभिन्न स्थानका ३३ रोपनी खाली जमिनमा उम्रिएको र खेती गरिएको अवैध गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रविन्द्रसिंह कार्कीले जानकारी दिएका छन् । उनका अनुसार बडीमालिका नगरपालिकामा १२, खप्तड छेडेदह गाउँपालिकामा ६, गौमुलमा ७, बुढीनन्दा नगरपालिकामा ३ र हिमाली गाउँपालिकामा ५ रोपनी क्षेत्रफल जमिनमा अवैध गाँजा नष्ट गरिएको छ ।

जिल्ला प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले समुदायको सहकार्यमा जिल्लाका विभिन्न स्थानहरुमा उम्रिएको अवैध गाँजा फडानी गरि नष्ट गर्न सबै प्रहरी चौकीलाई निर्देशन दिइएको बताए । लागूपदार्थ दुव्र्यसन रोकथाम तथा नियन्त्रणका लागि कार्ययोजना बनाएर अवैध गाँजा नष्ट गर्न थालिएको प्रहरी नायव उपरीक्षक गिरीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार