• होमपेज
  • समाज
  • अछामको बयालपाटामा जिप दुर्घटना, कम्तिमा १० जना घाइते

अछामको बयालपाटामा जिप दुर्घटना, कम्तिमा १० जना घाइते

  • बुधबार, भदौ १९, २०८१
अछामको बयालपाटामा जिप दुर्घटना, कम्तिमा १० जना घाइते

अछाम —अछामको बयालपाटामाा जिप दुर्घटना भएको छ।

बुधबार दिउँसो साढे ३ बजेतिर साँफेबगरबाट मंगलसेन जादै गरेको सु प प्र ०१००१ ज १२३८ नम्बरको जिप मध्यपहाडी राजमार्गको बयालपाटा मोटेनेमा जिप दुर्घटना भएको हो।

तिब्र गतिमा रहेको जिप बिपरित दिशाबाट आईरहेको मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भएर नालिमा खसेको छ। दुर्घटनामा हुदाँ कम्तिमा १० जना घाइते भएका छन। घाइतेहरुकाे बयालपाटा  अस्पतालमा उपचार भइरहेकेा जनाएकाे छ।

दुर्घटनामा परि घाइते हुनेमा चौरपाटी गाउँपालिका १ की १९ बर्षिय कल्पना थापा, १९ बर्षिय देवकी थापा,१८ बर्षिय लक्ष्मि साउँद, साँफेबगर नगरपालिका ४ कि १७ बर्षिय पुजा सुनार, चौरपाटी गाउपालिका २ का २९ बर्षिय लोकेन्द्र बहादुर साउँद,सोही ठाउकै १८ बर्षिय तुल्सि साउँद ,सोही ठाउँका १ ८ बर्षिय प्रेम साउँद, सोही बर्षिय १८ बर्षिय प्रति साउँद रहेका छन ।उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार