• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा सहित तीन जिल्लामा अवरुद्ध इन्टरनेट सेवा सुचारु

बाजुरा सहित तीन जिल्लामा अवरुद्ध इन्टरनेट सेवा सुचारु

  • बुधबार, भदौ १९, २०८१
बाजुरा सहित तीन जिल्लामा अवरुद्ध इन्टरनेट सेवा सुचारु

बाजुरा —बाजुरा सहित तीन जिल्लामा अवरुद्ध एनटी फाइबर इन्टरनेट सेवा सुचारु भएको छ । मंगलबार साँझदेखि बाजुरा, अछाम र डोटीमा अवरुद्ध एनटी फाइबर इन्टरनेट सेवा  मध्यान्हबाट पुनः सुचारु भएको हो ।

हिजो साँझ डोटीको सिलगढीमा अबिरल बर्षाले रुखका हाँगा भाचिएर एनटी फाइबर नेटकोे तार चुडिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय बाजुराले जानकारी दिएको छ ।

कार्यालयका अनुसार आज बिहानदेखि अवरुद्ध नेट सेवा सुचारु गर्न प्राविधिकको टोली खटिएर काम सम्पन्न पश्चात इन्टरनेट सेवा सुचारु भएको छ । एनटी फाइबरको इन्टरनेट सेवा अवरुद्ध भएपछि विभिन्न कार्यालयमा दैनिक कामकाज प्रभावित भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार