• होमपेज
  • अर्थ
  • दसैँमा राष्ट्र बैंकले नयाँको ठाउँमा सुकिला नोट साट्ने

दसैँमा राष्ट्र बैंकले नयाँको ठाउँमा सुकिला नोट साट्ने

  • मङ्लबार, भदौ १८, २०८१
दसैँमा राष्ट्र बैंकले नयाँको ठाउँमा सुकिला नोट साट्ने

काठमाडौँ — यो दसैँमा नेपाल राष्ट्र नयाँ नोटको ठाउँमा सुकिला नोट सटही गर्ने भएको छ । यसअघिको दसैँमा पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार नयाँ नभई यो वर्ष सुकिला नोट प्रयोग गरिने छ । उनले भने, ‘यो वर्ष सर्वसाधारणलाई सुकिला र सफा नोट दिइने छ । डिजिटल बैंकिङ प्रवर्द्धन गर्न र नोट छपाइको रकम बचाउन सुकिला नोट प्रयोगमा ल्याइने भएको हो ।’

यसअघि दसैँका लागि राष्ट्र बैंकले केही महिना अघि नै नयाँ नोट छापेर राख्ने गरेको थियो । यो वर्ष नयाँ नोट छापिएको छैन । राताेपाटीबाट साभार

चर्चामा

सम्बन्धित समाचार