• होमपेज
  • बुढिनन्दा
  • बिधुत सेवा अनियमित हुँदा कोल्टीका नागरिक हैरान, बैकींङ सेवा प्रभावित

बिधुत सेवा अनियमित हुँदा कोल्टीका नागरिक हैरान, बैकींङ सेवा प्रभावित

  • मङ्लबार, भदौ १८, २०८१
बिधुत सेवा अनियमित हुँदा कोल्टीका नागरिक हैरान, बैकींङ सेवा प्रभावित

बाजुरा– जिल्लाको पुर्वी उत्तरी क्षेत्र कोल्टीमा बिधुत अनियमित हुदा नागरिकले सास्ती खेप्नु परेकाे छ । साे क्षेत्रमा रहका बैक तथा बित्तिय क्षेत्र र बजारबासीले अनियमित बिधुत सेवाका कारण समस्या झेल्नु परेकाे हाे । काेल्टीमा रहेको राष्ट्रिय बाणिज्य बैकंमा बिद्युत नहुँदा बैकींङ कार्यमा समस्या भएको छ । कोल्टी क्षेत्रमा रहेको स्थानिय उत्पादनको बड्डीगाड लघुजलविद्युत आयोजना बर्षाले नहर बगाएपछि बिधुत सेवा अबरोध हुदा बैकले प्रदान गर्ने सेवामा समस्या भएको हो । कोल्टीमा रहेको राष्ट्रिय वाणिज्य वैकमा वत्ति नभएका कारण चेक साँट्न, जम्मा गर्न र पैसा पठाउन तथा पाउन समस्या भएको सेवाग्राहीको गुनासो छ । हवाईजहाज मार्फत जिल्ला वाहिर जाने कतिपयले बैकमा राखिएको पैसा निकाल्न नपाउदा भाडा तिर्न समेत सकस भएको स्थानियले बताउने गरेका छन ।
३ महिनादेखी अवरुद्ध बनेको विद्युत्त सेवा सञ्चालनमा नआउदा कोल्टी बजार अन्धकारमय  छ भने बैकंको बिधुतिय कारोबारमा समेत समस्या भएको राष्ट्रिय बाणिज्य बैक कोल्टी शाखाका कर्मचारी ज्ञानेन्द्र भट्टले बताएका छन । बैकंमा रहेको सोलार पनि घाम नलागेको दिन नचल्ने भएपछि थप समस्या भएको कर्मचारी भट्टले बताए । सोलारको ब्यवस्था नहुँदा विद्युत्तकै भर गर्नु पर्ने कर्मचारी बताउछन ।
कोल्टीमा सञ्चालित कुनै पनि वत्ति नियमित नहुँदा बैक लगायत सरकारी तथा गैरकारी संस्थाका कामहरु ठप्प छन । वत्तिबाट सञ्चालन हुने स्थानीयका दैनिक कार्यसमेत प्रभावित भएको स्थानियले बताएका छन । विद्यार्थीलाई अध्ययन अध्यापन गर्न कठिनाई भएको छ भने वैकिङ्ग कारोवार पनि वन्द हुँन पुगेको बैकका कर्मचारीले बताएका छन ।
निरन्तरको वर्षातले तीन महिना देखि अवरुद्ध बनेको विद्युत्त सेवा हाल सम्म पनि सञ्चालनमा आउन सकिरहेको छैन । वर्षातले दानसाघुँ लघुजलविद्युत्त आयोजनाको नहर र पाईपमा क्षेति पुग्दा विद्युत्त सेवा वन्द हुन पुगेको छ । कोल्टी बजारका लागि दानसाँघु लघुजलविद्युत्त आयोजना, माँझकुलो लघुजलविद्युत्त आयोजना पीपलडाली र जेएम हाईडो्रपावर गरेर तीन वटा वत्ति सञ्चालित छन । नगरपालिकाको वडा नं ३ मा सञ्चालित सिमगाड लघुजलविद्युत्त आयोजना पनि थप गरिएको छ । तीन वटा पुराना र एउटा नयाँ गरि चार वटा वत्ति सञ्चालनमा रहे पनि कुनै पनि बिद्युत सेवा नियमित नुहदा कोल्टीवासीले समस्या झेल्नुपरेको स्थानियको गुनासो रहेको छ । नामले चार वटा वत्ति भनिए पनि कामले कुनै पनि वत्तिले नियमित सेवा दिएका छैनन । बड्डीगाड र जेएम हाईडो्रपावर ठप्प छन भने पीपलडाली र सिमगाड आयोजनाले केही ठाउँमा सेवा दिईरहेका छन । तर तिनै वत्ति पनि बजारका सवै ठाउँमा जडान गरिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार