केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको पोलिटब्यूरो केही बेरमा बस्दैछ । आगामी पार्टी कार्यक्रममाथि छलफल गर्नेगरी दिउँसो १ बजेबाट पोलिटब्यूरो बैठक बोलाइएको छ । तर, आजको पोलिटब्यूरो बैठकबाट प्रदेश अध्यक्षहरु हुनेछैनन् ।
यसअघि पोलिटब्यूरोमा प्रदेश अध्यक्षहरु पदेन सदस्यका रुपमा बस्ने गर्थे । तर गत २२ साउनमा अपानि जारी गरेर प्रदेश अध्यक्षहरुलाई पदेन केन्द्रीय सदस्यको सूचीमा राखिएको थियो । त्यही अपानि बमोजिम आजको पोलिटब्यूरो बैठकमा प्रदेश अध्यक्षहरुलाई बोलाइएको छैन ।