• होमपेज
  • बुढीगंगा
  • पहिरोका कारण साफेँ मार्तडी सडक दुई ठाउँमा अबरोध

पहिरोका कारण साफेँ मार्तडी सडक दुई ठाउँमा अबरोध

  • सोमवार, भदौ १७, २०८१
पहिरोका कारण साफेँ मार्तडी सडक दुई ठाउँमा अबरोध
फाइल तस्विर

बाजुरा– लगातारको बर्षाले पहिरो जादा साफेँ मार्तडी सडक खण्ड अन्तरगत दुई ठाउँमा अबरोध भएको छ । आईतबार रातिदेखी निरन्तर परेको अबिरल बर्षा संगै आएको पहिरोले सडक अबरोध भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार साफेँ मार्तडी सडक खण्डको बुढिगंगा नगरपालिका ३ ताप्रिसेरा, र साेही नगरपालिकाकाे अम्कोटमामा पहिरो आएर सडक अबरोध भएको जनाएको छ ।

पहिरोका कारण अबरोध भएको सडकको पहिरो हटाउन पहल भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार