• होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको दोस्रो बैठकबाट पारित निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक

नेकपा एमाले बाजुराको दोस्रो बैठकबाट पारित निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक

  • आइतवार, भदौ १६, २०८१
नेकपा एमाले बाजुराको दोस्रो बैठकबाट पारित निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक

बाजुरा– नेकपा एमाले जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठकबाट पारित निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । भाद्र १३ गते पार्टी कार्यालय मार्तडीमा बसेको दोस्रो पूर्ण बैठकबाट पारित प्रस्तावहरुको आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
जिल्ला कमिटीको दास्रो पूणर् बैठकले पार्टी केन्द्रीय कमिटीको अन्तरपार्टी निर्देशन ९ र १० बैठकमा प्रस्तुत गरेर कार्यान्वयन गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै केन्द्रीय सदस्य लाल बहादुर थापाले जिल्ला ईन्चार्ज, सहदेव बोगटीले प्रतिनिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी ईन्चार्ज र प्रकाश बहादुर थापा र दयाल बहादुर शाहीले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी ईन्चार्जको जिम्मेवारी प्राप्त गरेकाले उनीहरुलाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना प्रस्ताव पारित गरिएको पार्टी प्रचार विभाग प्रमुख राजन कुमार रोकायाले बताएका छन् । बैठकले आगामी मंसिर भित्र सबै पालिका, वडा तथा जनसंगठनका अधिवेशन सम्पन्न गर्ने, असोज १२ देखि १४ गतेसम्म जिल्ला कमिटी सदस्यहरुका लागि मार्तडीमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, जिल्लाबाट रोजगारी तथा अध्ययनका लागि तेस्रो मुलुकमा गएका पार्टीका सुभेच्छुकहरुको लगत संकलन र पार्टीका पुराना नेताहरुको लगत संकलन गर्ने निणर्य भएको प्रचार विभाग प्रमुख रोकायाले बताए ।
त्यसैगरी बैठकले ६ वटा विभाग गठन र ७ जनालाई विभिन्न विभाग प्रमुखको जिम्मेवारी तोकेको छ । जसमा कोष तथा वित्त व्यवस्थापन विभाग प्रमुखमा सचिव काँशी बहादुर विक, संगठन विभाग प्रमुखमा अमर बहादुर खड्का, स्कुल विभाग प्रमुखमा जनककुमार बोहरा, प्रचार विभाग राजनकुमार रोकाया, स्थानीय विभागमा रामबहादुर बानिया, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा मनदेवि ओली र जनसंगठन समन्वय संयन्त्र प्रमुखमा हरिबहादुर रोकायालाई तोकेको जनाएको छ ।

त्यस्तै बैठकले पार्टीका जिल्ला, पालिका, वडा, टोल कमिटीका नेता कार्यकर्ताहरुका लागि आचारसंहिता २०८१ पारित, जिल्लाको समग्र विकासका लागि राजनीतिक सद्धाव कायम गर्ने र विकासमा सुशासन अभियान सुरु गर्ने निणर्य गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख रोकायाले बताए । पार्टी जिल्ला, पालिका तथा वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुले कुनै पनि योजनाको उपभोक्ता समितिमा बस्न नपाइने प्रस्ताव पारित गरेको छ । त्यसै गरी बैठकले जिल्लाका ६९ वटै वडाहरुमा जिल्ला कमिटी सदस्यहरुलाई वडा ईन्चार्जको जिम्मेवारी, पार्टीकोे ३ बर्षि बार्षिक कार्ययोजना र बजेट पारित, पार्टी सदस्यता नविकरणलाई अनलाइन डिजिटलाइज गर्ने प्रस्ताव, स्वर्गिय चेतनदिप अयडी जेहेन्दार छात्रवृत्ति कोष स्थापना र तत्कालीन बार्टी उपसचिव स्वर्गिय ताराचन्द्र रेग्मी उत्कृष्ट जनप्रतिनिधि सम्मान पुरस्कार स्थापना गर्ने प्रस्ताव पारित गरेको पार्टीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओलीले जिल्लामा अलपत्र आयोजनाको खोजी तथा छलफल गर्ने र अन्य राजनीतिक दलहरुसँग समन्वय गरेर समग्र जिल्लाको विकासका लागि साझा बिषय बनाएर गहन छलफल तथा समाधानको बाटो खोज्न एमाले बाजुरा सदैव तत्पर रहने बताएका छन् । एमाले जिल्ला कमिटीको पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष लालबहादुर ओली, सचिव काशी बहादुर विक, प्रचार विभाग प्रमुख राजनकुमार रोकाया, जिल्ला कमिटी सदस्य तथा जिल्ला स्थित विभिन्न सञ्चार माध्ययममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार