• होमपेज
  • समाज
  • बाजुरामा बैंक र पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ

बाजुरामा बैंक र पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ

  • आइतवार, भदौ १६, २०८१
बाजुरामा बैंक र पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ

बाजुरा —बाजुरामा एक बैंक र ४ पसल तोडफोड गरी चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार बिहान २ बजे जिल्लाको गौमुल गाउँपालिका ६ घट्मुनामा रहेको कुमारी बैंक शाखा र सोहि स्थानका चार वटा पसलहरु तोडफोड सहित चोरी भएका थिए ।

बैंक र पसलहरु अज्ञात समूहले तोडफोड गरी चोरी गरेको सूचना पछि अनुसन्धानका क्रममा सोहि आरोपमा बडिमालिका नगरपालिका १ पिनालेखका अन्दाजी २३ बर्षिय जनकराज उपाध्याय, वडा नम्बर ७ जिल्लीका अन्दाजी २० बर्षिय किरण विक र वडा नम्बर ४ ओलेनाका अन्दाजी २० बर्षिय सन्देश नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सिसिटिभि फुटेज हेर्दा सो घटना पक्राउ परेका तीनै जनाले गरेको खुलेकाले पक्राउ गरी चोरी कसूर अन्तर्गत जिल्ला अदालत बाजुराबाट म्याद थप लिई थप अनुन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार