• होमपेज
  • राजनीति
  • क्याप्टेन रामेश्वर थापाको निवासमा कांग्रेससँग ७ बुँदे सहमति भएको हो : प्रधानमन्त्री ओली

क्याप्टेन रामेश्वर थापाको निवासमा कांग्रेससँग ७ बुँदे सहमति भएको हो : प्रधानमन्त्री ओली

  • शनिबार, भदौ १५, २०८१
क्याप्टेन रामेश्वर थापाको निवासमा कांग्रेससँग ७ बुँदे सहमति भएको हो : प्रधानमन्त्री ओली

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र कांग्रेस गठबन्धनको सरकार बन्नु अघि क्याप्टेन रामेश्वर थापाको घरमा ७ बुँदे सहमति भएको खुलाएका छन् । शनिवार काठमाडौँमा थापाले लेखेको पुस्तक विमोचनका क्रममा देशमा अस्थिरता भएकोले थापाको सहयोगमा उनको निवासमा देशलाई स्थिरतामा लाने सहमति भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘यसपटक पनि शेरबहादुर जी र मलाई…देशमा साह्रै अस्थिरता भो, देश अगाडि बढ्न सकेन, देशलाई स्थिरतातिर लैजाऊँ भन्ने सरसल्लाह गरेर ७ बुँदे निष्कर्षमा त्यही सही गर्‍या हो, उहाँ क्याप्टेन रामेश्वरकै निवासमा । ती चिजहरूमा उहाँले सकारात्मक दृष्टिकोण राख्नुभएको हो ।’

प्रधानमन्त्रीले ओलीले क्याप्टेन थापाले एमाले नफुटोस् भन्ने चाहाना राखेर निकै पहल गरेको पनि कार्यक्रममा सुनाए । नेपालको शान्ति प्रक्रियाका लागि थापाले भूमिका खेलेको भन्दै थापाको प्रशंसा गरे । मिडिया, हवाई उद्योगमा लगानी भए पनि नेपालको राजनीति राम्रो होस भनेर थापाले चाहेको उल्लेख गरे ।

चर्चामा

सम्बन्धित समाचार