• होमपेज
  • राजनीति
  • वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छ : सभापति देउवा

वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छ : सभापति देउवा

  • शनिबार, भदौ १५, २०८१
वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छ : सभापति देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठुलो योगदान रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताएका हुन् ।

उनले भने – ‘उहाँले पहिल्यैदेखि मलाई व्यक्तिगत रूपमा पनि धेरै ठुलो मद्दत गर्नुभएको छ । पार्टीलाई पनि । यस कारण रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेतापनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्ति हो । मैले त्यसै रूपमा लिएको छु । यो कुरा लुकेर लुक्ने कुरा छैन । ओलीजी र मेरोबिचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठुलो योगदान छ । धेरै ठुलो मद्दत गर्नुभएको छ । यस कारण म हाम्रो पार्टीको तर्फबाट हार्दिक–हार्दिक धन्यवाद दिन चाहन्छु ।’

उनले क्याप्टेन थापालाई प्रधानमन्त्री ओलीनिकटको व्यक्ति भनेर चिनिने भए पनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको उल्लेख गरे ।

चर्चामा

सम्बन्धित समाचार