• होमपेज
  • बुढीगंगा
  • दुधिर आविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दुधिर आविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • शनिबार, भदौ १५, २०८१
दुधिर आविका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बाजुरा— बाजुराको बुढिगंगा नगरपालिका ९ जुवापानी स्थित दुधिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शुक्रवार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि दुधिर आधारभुत विध्यालयमामा अध्ययनरत विपन्न तथा दलित परिवारका विद्यार्थीहरुलाई बिध्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
Nepali Heritage Charity Foundation Of BC (NHCF) क्यानडाको आर्थकि सहयोग तथा बडिमालिका फाउण्डेशन नेपालको समन्वयमा शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा अध्यनतरत ६० जना विपन्न तथा दलित परिवारका विद्यार्थीहरुलाई स्कुल ड्रेस, कापी कलम, झोला लगायतका सामग्री वितरण गरिएको बडिमालिका फाउण्डेशन नेपालका उपाअध्यक्ष पदम बहादुर सिंहले बताएका छन् ।

No description available.
बिध्यालयको शैक्षिक अवस्थामा गुणस्तर सुधार तथा बिध्यार्थीहरुको बिध्यालयमा नियमितता होस भन्ने उदेस्यका साथ शैक्षिक सामग्री सहयोग गरिएको बडिमालिका फाउण्ेशन नेपालका उपाअध्यक्ष सिहंंले बताए । बिपन्न तथा दलित परिवारका बालबालिका बिध्यालय पोशक कापी कलम तथा झोला नभएर बिध्यालय नजाने अबस्थाको अन्त्य गरि बिध्यार्थीको नियमीता होस भन्ने उदेस्य सहित सो कार्यक्रमलाई नियमित संचालन गर्दै आएको उपाअध्यक्ष सिहंले बताए ।

No description available.
विद्यालयमा पढ्ने विपन्न तथा दलित परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोगले बिध्यार्थी र बिध्यालय परिवारलाई ठुलो सहयोग पुगेको दुधिर आधारभुत बिध्यालयकी प्रधानाध्यापक चन्द्रकला शाह सिंह सहित विद्यालय परिवारले Nepali Heritage Charity Foundation Of BC (NHCF)  क्यानडा र बडमिालकिा फाउण्डेशनलाइ धन्यवाद समेत दएिका छन ।

No description available.
विद्यालय व्यवस्थापन समिति अध्यक्ष धन बहादुर सिंहको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमका प्रमुख अतिथि बुढिगंगा नगरपालिका वडा न ९ का वडा अध्यक्ष मिनबहादुर सिंह रहेका थिए । कार्यक्रममा विशिष्ट अथिति बडिमालिका फाउण्डेशन नेपाल उपाअध्यक्ष पदम बहादुर सिंह र सचिव लक्ष्मीराज पाध्याय रहेका थिए, बिध्यालयका सह शिक्षक दिपेन्द्र सिहंले संचालन गरेको कार्यक्रममा प्राधानाध्यापक चन्दकला शाह सिहंले स्वागत गरेकी थिएन भने कार्यक्रमा विद्यालयका शिक्षक, अभिभावक, बुद्धिजिवी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
यस अघि पनि बडिमालिका फाउण्डेशन नेपालका समन्वयमा तथा Nepali Heritage Charity Foundation Of BC (NHCF)  क्यानडा र विभिन्न संघसंस्थाहरुको सहयोगमा शैक्षिक सामग्री सहित चिसोको समयमा न्यानो लुगा पनि वितरण गरदिै अएके छ ।

चर्चामा

सम्बन्धित समाचार