• होमपेज
  • कोशी प्रदेश
  • कोशीमा माओवादीले फिर्ता लियाे सरकारलाई दिएको समर्थन

कोशीमा माओवादीले फिर्ता लियाे सरकारलाई दिएको समर्थन

  • शुक्रबार, भदौ १४, २०८१
कोशीमा माओवादीले फिर्ता लियाे सरकारलाई दिएको समर्थन

विराटनगर— नेकपा माओवादी केन्द्रले काेशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेकाे संसदीय दलकाे बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हाे ।

माओवादी केन्द्रले दल र संसदकाे तर्फबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बाेले बताए । २७ वैशाखमा माओवादी केन्द्रकाे समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए ।

समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयलमा दर्ता गरेकाे प्रदेशसभा सचिव गाेपाल पराजुलीले जानकारी दिए । नेपाली कांग्रेसले पनि सरकारलाई समर्थन गरेकाे पत्र दर्ता गरेकाे उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार