• होमपेज
  • समाज
  • हिमालीमा पहिरोले कवाडी नदी थुनियो, आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

हिमालीमा पहिरोले कवाडी नदी थुनियो, आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

  • शुक्रबार, भदौ १४, २०८१
हिमालीमा पहिरोले कवाडी नदी थुनियो, आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

बाजुरा —बाजुराको हिमाली गाउँपालिका वडा नम्बर २ रुम्दिमा लागेको पहिरोले कवाडी नदि थुनिएको छ । शुक्रवार बिहान करिब १० बजेको समयमा रुम्दिमा लागेको सुख्खा पहिरोले कवाडी नदि थुनिएको हो ।

खोलामा एक्कासी अत्याधिक मात्रामा पानीको बहाव घटेपछि स्थानीयबासी त्रसित हुदैँ प्रहरीलाई खबर गरेका थिए । सुख्खा पहिरोले थुनिएको खोलामा करिब १२ बजेसम्म केहि पानीको सतह बढेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । पहिरोले हिमाली गाउँपालिका २, ४ र ५ लगायतका वडाका अधिकांश वस्तीहरु डुवानको उच्च जोखिममा रहेका छन् ।

खोलामा करिब ८० प्रतिशत घटेको पानीको सतह अहिले केहि बढेपनि जोखिम भने कायमै रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रबिन्द्रसिंह कार्कीले बताएका छन् । अहिले प्रहरीको टोलि पनि सम्बन्धित क्षेत्रमा खटिएको र आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै हिमाली गाउँपालिकाले पनि रुम्दिमा लागेको पहिरोले कवाडी खोला थुनिएपछि आसपासका बासीन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कवाडी र कर्णाली नदिमा कुनै पनि समयमा पानीको बहाव बढ्न सक्ने हुँदा आसपासका बासीन्दाहरुलाई सजग रहन अुनरोध गरेको छ ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार