• होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराकाे संगठन विभागमा अमर खड्का, मोर्चाको जिम्मेवारी हरी राेकायालाइ

नेकपा एमाले बाजुराकाे संगठन विभागमा अमर खड्का, मोर्चाको जिम्मेवारी हरी राेकायालाइ

  • शुक्रबार, भदौ १४, २०८१
नेकपा एमाले बाजुराकाे  संगठन  विभागमा अमर खड्का, मोर्चाको जिम्मेवारी हरी राेकायालाइ

बाजुरा–  नेकपा एमाले बाजुराले पार्टी कमिटीको कार्यविभाजन गरेको छ । मार्तडीमा बसेको बैठकले ६ वटा विभाग, जनसंगठन मोर्चा र वडा कमिटीको जिम्मेवारी बारे नेताहरुको कार्यविभाजन गरेको हो ।  पार्टी अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा बसेको बैठकले तीन वर्षे योजना सहीत बार्षिक कार्ययोजना पारित गरेको जनाएकाे छ ।  बैठकले संगठन विभाग प्रमुखकाे जिम्मेवारी अमर खड्कालाइ दिएकाे छ भने, जनसंगठन संयन्त्रको प्रमुखको जिम्मेवारी हरि रोकायालाइ दिइएकाे नेकपा एमाले बाजुराले जनाएकाे छ ।

त्यसै गरि स्कुल विभाग प्रमुखमा जनक कुमार बोहरा, आर्थिक विभाग प्रमुखमा काशी विक, स्थानीय तह समन्वय विभागमा रामबहादुर बानीया र सहकारी तथा वित्तीय विभागमा मन्देवी ओलीलाई जिम्मेवारी दिएको एमाले बाजुराले जनाएकाे छ ।

पार्टीको बैठकले असोज १२, १३ र १४ गते मार्तडीमा बृहत पार्टी प्रशिक्षण कार्यक्रम गर्ने मिति तय गरेको छ । भने मंसिर भित्र अधिवेशन गर्न बाँकी सबै वडा, पालिका र जनसंगठनका अधिवेशन गरि सक्न निर्देशन सहीतको निर्णय गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार