• होमपेज
  • समाज
  • बाजुरामा भीरबाट लडेर एक महिलाको मृत्यु

बाजुरामा भीरबाट लडेर एक महिलाको मृत्यु

  • बिहिबार, भदौ १३, २०८१
बाजुरामा भीरबाट लडेर एक महिलाको मृत्यु
सांकेतिक तस्वीर

बाजुरा —  बाजुरामा भीरबाट लडेर एक महिलाको  मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका–६ नाइनाकी अन्दाजी २२ वर्षीया निर्मला बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

बुधबार दिउँसो गाउँ नजिकैको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर  बिष्टकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रविन्द्रसिंह कार्कीले बताएका छन् ।

अहिले प्रहरीकाे टाेलि घटनास्थलमा पुगेकाे र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार