• होमपेज
  • कर्णाली प्रदेश
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

  • बिहिबार, भदौ १३, २०८१
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत-जुम्ला सडकअन्तर्गत कालीकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

उनले पहिरो पन्छाउने काम भइरहेको बताए । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार