• होमपेज
  • राजनीति
  • आज नेकपा एमाले जिल्ला कमिटी बाजुराको बैठक बस्दै

आज नेकपा एमाले जिल्ला कमिटी बाजुराको बैठक बस्दै

  • बिहिबार, भदौ १३, २०८१
आज नेकपा एमाले जिल्ला कमिटी बाजुराको  बैठक बस्दै

बाजुरा–  नेकपा एमाले बाजुराले आज जिल्ला कमिटी बैठक आह्वान गरेको छ । आठौं जिल्ला अधिवेशन पछिको दोस्रो पूर्ण बैठक आज  बस्ने गरि आह्वान गरिएको  नेकपा एमाले बाजुराका सचिव काशी विकले बताएका  छन् । गएको जेष्ठ ७ गते सम्पन्न जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयन गरेको थियो । पहिलो बैठक अधिवेशन सकिएको पछिल्लो दिन बसेपनि त्यस यता पूर्ण बैठक बसेको छैन् । साउनमा बस्ने गरि तयारी गरेपनि पार्टी संगठनका काम, राजनीतिक समिकरण फेरबदलका कारण बैठक बस्न सकेकाे थिएन ।

बैठकमा सम्पूर्ण कमिटीका सदस्यको व्यक्तिगत विवरणको अभिलेख, पालिका कमिटीको प्रगति प्रतिवेदन र संगठीत सदस्यको नविकरणको अवस्था बारे लिखित प्रतिवेदन माग प्रस्तुत हुने नेकपा एमाले बाजुराले जनाएकाे छ ।

एमाले जिल्ला कमिटी सदस्यले अनिवार्य आवेदन फारममा लिखित विवरण उल्लेख गरेर पठाउनु पर्ने  छ । दोस्रो बैठकलाई यो कार्यकालको महत्वपूर्ण बैठकका रुपमा हेरिएको एमाले बाजुराले जनाएकाे छ । तीन वर्षे योजनासहीतको रणनीति तय गर्ने उदेश्य सहीत बैठक राखिएको नेकपा एमाले बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार