• होमपेज
  • बडिमालिका
  • जिल्लाका १२ वडामा सेवा बिस्तार, बिधुत प्राधिकरणको रिर्पोटमा बाजुरा झिलीमिली

जिल्लाका १२ वडामा सेवा बिस्तार, बिधुत प्राधिकरणको रिर्पोटमा बाजुरा झिलीमिली

  • बुधबार, भदौ १२, २०८१
जिल्लाका १२ वडामा सेवा बिस्तार, बिधुत प्राधिकरणको रिर्पोटमा बाजुरा झिलीमिली

बाजुरा– बाजुरा जिल्लाका ६९ वडा मध्य १२ वटा वडामा नेपाल बिधुत प्राधिकरणले सेवा बिस्तार गरेको छ । विद्युत प्राधिककरण २०८१ को तथ्यांकका अनुसार जिल्लाका नौ ओटा स्थानिय तहमध्ये गौमुल मात्र बाँकी रहेको तथ्याकं सार्वजनिक गरेको छ । जिल्लामा ४ नगरपालिका र ५ गाउँपालिका गरि ९ स्थानिय तह रहेकोमा ६९ वडा मध्य १२ वडामा मात्रै राष्ट्रिय प्रशारण बिधुत सेवा पुगेको छ ।

यता नेपाल बिधुत प्राधिकरण केन्द्रीय तथ्याकंले बाजुराको गौमुल गाउँपालिका बाहेक सबै पालिकामा राष्ट्रिय प्रशारण लाईन पुगेको डकुमेन्ट सार्बजनिक गरेको छ । बाजुरा जिल्लाका नौ ओटै स्थानिय तहमध्ये गौमुल मात्र राष्ट्रिय प्रशारण लाईनमा पुग्न बाकि रहेको विद्युत प्राधिकरण २०८१ को तथ्यांकले देखाएको छ ।
बाजुराकाे सदरमुकाम समेत रहेको बडिमालिका नागरपालिकाका ६ वटा वडा, खप्तड छेडेदह गाउँपालिकाका ३ वडा र बुढिगंगा नगरपालिकाका ३ वटा वडामा मात्र राष्ट्रिय प्रशारण लाईन बिस्तार गरिएकाे नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र बाजुराका सुचना अधिकारी गुणराज भट्टले बताएका छन । तर केन्द्रकाे तथ्याकं अनुसार गाैमुल बाहेक सबै पालिका र वडामा बिधुत सेवा बिस्तार गरिएकाे तथ्याक‌ले भ्रमित गराएकाे छ ।  सुचना अधिकारी भट्टका अनुसार बुढिगंगा नगरपालिकाको वडा न १,२ र ३ बडिमालिका नगरपालिका वडा नम्मर १,२,३,७,८ र ९ मा मात्रै बिधुत सेवा पुगेको बताए । त्यसै गरि खप्तड छेडेदह गाउँपालिकाको वडा नम्मर ५ र ७ पुरै र वडा न ६ का ५५ परिवारलाई राष्ट्रिय प्रशारण लाईनमा जोडीएको सुचना अधिकारी भट्टले बताएका छन ।

बडिमालिका नगरपालिका साबिकका मार्तडी र जुगाडा, बुढिगंगा नगरपालिकाको साबिक ब्रह्मतोला गाबिस र खप्तड छेडेदह गाउँपालिकाको साबिक आटिचौर गाबिसमा मात्र राष्ट्रिय प्रशारणको बिधुत लाईन बिस्तार गरिएको छ । यता जिल्लामा राष्ट्रिय प्रशारण लाईनको बिधुत सेवाग्राही ४ हजार ४ सय ८३ ग्राहक रहेको तथ्याकं छ । बाजुरामा सबैभन्दा कम ३३ दशमलव ५१ प्रतिशत मात्र विद्युतीकरण  भएको राष्ट्रिय तथ्याकमा पनि उल्लेख छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बाजुरामा १ लाख ३८ हजार ९ सय ९८ रहेको छ । नेपालको जनगणना २०७८ अनुसार बाजुरामा २२ हजार ९ सय २१ परिवार बिधुतको पहुँचमा रहेको जनाएको छ । त्यसै गरि ४ हजार ३ सय ४२ परिवारले शौर्यउर्जा तथा सोलार, ६७ परिवारले मट्टितेल र ७ परिवारले बायोग्यास प्रयोग गर्ने गरेको जनगणनाको तथ्याकंमा उल्लेख गरिएको छ ।

सो तथ्याकंका अनुसार बाजुरामा बिजुलीबाट खाना पकाउने १८ परिवार मात्रै रहेको उल्लेख गरिएको छ । २५ हजार ७ सय ५१ परिवार अझै दाउराको प्रयोग गरिरहेका छन भने २ हजार परिवारले एलपिजी ग्यासबाट खाना पकाउने गरेको जनगणना २०७८ को रिर्पोटमा उल्लेख छ । त्यसै गरी २ सय ४१ जना बायोग्यास, १८ परिवार मट्टितेल र अन्यमा खाना पकाउने १३ परिवार रहेको उल्लेख गरिएको छ ।

सर्वाधिक दुर्गम हिमाली गाउँपालिका बिच्छँयाका ५ सय ८४ परिवार अध्यारोमा बस्न बाध्य भएका छन् । साविकको बिच्छँया गाबिसकाे रुपमा रहेको बिच्छँयामा २०७८ को जनगणना अनुसार ३ हजार ३ सय ७१ जना बासिन्दाको बसोबास रहेको छ । उनिहरुको झरोको साहारमा उज्यालो बालिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार