• होमपेज
  • राजनीति
  • नेकपा एसको चुनावमा निवर्तमान मुख्यमन्त्री सोडारी पराजित, योजना आयोगका उपाध्यक्ष निर्वाचित

नेकपा एसको चुनावमा निवर्तमान मुख्यमन्त्री सोडारी पराजित, योजना आयोगका उपाध्यक्ष निर्वाचित

  • बुधबार, भदौ १२, २०८१
नेकपा एसको चुनावमा निवर्तमान मुख्यमन्त्री सोडारी पराजित, योजना आयोगका उपाध्यक्ष निर्वाचित

सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक नेकपा एकीकृत समाजवादीको दलित सचिवमा निर्वाचित भएका छन्।   १८० मतसहित उनी विजयी हुँदा निरादेवी जैरु पराजित भएकी हुन्। उनले ९८ मत पाएकी थिइन्। उनी डडेल्धुराकी हुन्। अर्का उम्मेदवार कृष्णबहादुर नेपालीले २६ मत पाएका थिए। अघिल्लो सरकारले गणेश विकलाई नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो।
कांग्रेस नेतृत्वको सरकारमा उनले राजीनामा दिएका थिए। तर, राजीनामा स्वीकृत भएको छैन। राजनीतिसँगै सामाजिक न्याय तथा मानव अधिकारको क्षेत्रमा कार्यरत करिब साढे दुई दशकदेखि क्रियाशील रहेका उनी यसअघिको पोलिटब्युरो सदस्य थिए।

सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेकपा एकीकृत समाजवादीको सचिव पदमा पराजित भएका छन्। उनले ५३ मत मात्रै पाएका हुन्। उनी नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत हुन्। दलको नेता भन्दा बढी मत दलका सदस्य नरेश शाहीले पाएका छन्। उनी पनि नेकपा एसको खुल्ला पदका उम्मेदवार बनेका थिए। दलको नेताले ५३ मत पाएर पराजित हुँदा शाहीले उनको भन्दा १३ मत बढी पाएर पराजित भएका थिए।
सोडारी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने शाही बाजुराबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन्। ५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए। जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छन्।

चर्चामा

सम्बन्धित समाचार