• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कांग्रेस सभापति देउवाको धनगढी निवास अगाडि शंकास्पद वस्तु फेला

कांग्रेस सभापति देउवाको धनगढी निवास अगाडि शंकास्पद वस्तु फेला

  • आइतवार, भदौ ९, २०८१
कांग्रेस सभापति देउवाको धनगढी निवास अगाडि शंकास्पद वस्तु फेला

कैलाली– धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेकाे छ । धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय काेष नजिकै रहेकाे देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेकाे प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले एउटा पुरानाे झाेलामा तार बेरिएकाे अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए ।

उक्त वस्तु के हाे भन्ने कुरा नखुलेको र नेपाली सेनाकाे डिस्पोजल टाेलीलाई बाेलाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार