• होमपेज
  • जगन्नाथ
  • उपचार खर्च नहुँदा मृत्युसंग लड्दै जगन्नाथ २ का ८ बर्षिया आदित्य बिष्ट

उपचार खर्च नहुँदा मृत्युसंग लड्दै जगन्नाथ २ का ८ बर्षिया आदित्य बिष्ट

एक बर्ष देखी अस्पतालकाे शैयामा छटपटाउदै

  • शनिबार, भदौ ८, २०८१
उपचार खर्च नहुँदा मृत्युसंग लड्दै जगन्नाथ २ का ८ बर्षिया आदित्य बिष्ट

बाजुरा– बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा न २ का ८ बर्षिया आदित्य उपचार खर्च नपाएर विगत १ वर्ष देखि काठमाण्डौको भक्तपुुर क्यान्सर अस्पतालमा छटपटाइरहेका छन । ब्रेन ट्युमर भएका जगन्नाथ गाउँपालिका २ का राम बहादुर बिष्टका छारा आदित्य आर्थिक अभावका कारण उपचार नपाएर मृत्युस‌ग लडिरहेका छन ।

उपचार गर्ने पैसाको अभावमा क्यान्सर पालेर वस्नु पर्ने अवस्था भएको र घरमा भएको आर्थिक स्रोत सवै सकिएले उपचारमा सहयोग गरिदिन बुवा राम बहादुर बिष्टले छोरा बचाइदिन उपचारका लागि सहयोग मागेका छन । पिडित बिष्टले विगत १ बर्ष देखि काठमाण्डौका बिभिन्न अस्पतालमा ब्रेन टयुमरको उपचार गराई रहेकाले परिवारको आर्थिक स्रोतले थप उपचार गर्न नसक्ने भए पछि सहयोगको अपिल गरेका हुन । आदित्य बिष्ट हाल सम्म पनि अस्पतालमा उपचारत छन । बिष्टको परिवारमा आर्थिक अवस्था कमजोर भएकै कारण थप उपचारमा समस्या भएपछि सहयोगका लागि हार गुहार गरेकाे बताएका छन । उनको परिवारले विभिन्न सहयोगि निकाय, ब्यक्ति र संघ संस्थालाइ सहयोग गर्न अनुरोध समेत गरेका छन ।
चेकजाँजका लागि काठमाण्डौ लिएपछि आदित्यलाई ब्रेन ट्युमर भएको थियो । त्यस यता १ बर्ष देखी उनी भक्तपुर क्यान्सर अस्पताल लगायतका अस्पतालमा उपचार गराए । अन्तिममा भक्तपुर क्यान्सर हस्पिटलमा चेकजाँच गर्दा ब्रेन ट्युमर पुष्टी भयो । घरमा र रिण काडेकाे   सवै पैशा  उपचारमा सकिए पछि परिवारलाई पनि समस्या भएको आदित्यका बुवा राम बहादु बिष्टले बताएका छन । उपचारका लागि काठ्माण्डौंमा कोठा भाँडा लिएर बस्दै आएका बिष्टका बाबुछाेरालाइ खान, वस्न त समस्या छ दैछ त्यही माथि उनको उपचार कहाँबाट गर्ने भन्ने पिरलोले दैनिक पिरोल्ने गरेको बुवा राम बहादुर बताउछन ।
राम बहादुरले एक बर्षको अवधीमा ३५ लाख भन्दा बढि आदित्यको औषधी उपचारमा खर्च गरिसकेका छन । आर्थिक अवस्था कमजोर परिवारको म अहिले ऋण गरेर उपचार गरीरहेको  अब रिण काड्ने ठाउ पनि छैन उनले भने । घरमा रोजगारी  छैन, परिवारलाई खान, लगाउनको व्यवस्थापन गर्नु कि छोराको औषधी उपचारको व्यवस्थापन गर्नु कति सम्म ऋण गरेर उपचार गर्न सकिएला उनले भने  । काठ्माण्डौं जस्तो सहरमा वस्नु छ कहिले कहीँ गाडीभाँडा सम्म तिर्नलाई आफुसँग पैसा हुदैन उनले उनले बडिमालिका खवर संग भने । १० रुपियाँ नभए कोठाबाट निस्कीन मुस्कील पर्ने काठ्माण्डौ सहरमा महिनामा ५० देखि ६० हजार सम्म कहाँबाट व्यवस्थापन गर्नु निकै समस्या भएको राम बहादुरको भनाई रहेको छ । राम बहादुर बिष्टले छोराको उपचारमा सानो भए पनि सहयोग गरिदिन बाजुरावासी लगायत सवैलाई अनुरोध गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार