• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • लिजामा पन्चदेवल बिनायक टप २ मा पर्न सफल

लिजामा पन्चदेवल बिनायक टप २ मा पर्न सफल

  • शनिबार, भदौ ८, २०८१
लिजामा पन्चदेवल बिनायक टप २ मा पर्न सफल

अछाम– स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा पन्चदेवल बिनायक नगरपालिका जिल्लामा दोश्रो बनेको छ । जिल्लाको १० वटा पालिकामध्ये लिजामा साफेबगर नगरपालिका पहिलो बनेको हो ।
आर्थिक वर्ष २०७९/८० मा साफेबगर नगरपालिका ७७.२५ अंक ल्याएर पहिलो बन्न सफल भएको छ । ७१ अङ्क ल्याएको पन्चदेवल बिनायकले गत बर्ष भन्दा लिजामा गुणात्मक फड्को मारेको छ । पालिकाले संस्थागत सुधार , भौतिक पुर्वाधार, सामाजिक समाबेसिकरण र सहकार्य तथा समन्वयमा उत्कृष्ट अङ्क प्राप्त गएको छ ।

देशभरका स्थानीय तहमा संस्थागत क्षमता स्वमूल्याङ्कन (एलआईएसए– लिजा) कार्यान्वयनमा रहेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ जारी गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको स्वमूल्याङ्कन गर्ने कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । यो प्रणालीमा स्थानीय तहले निश्चित सूचकका आधारमा आफ्नो मूल्याङ्कन आफैँ गरी आफैँबाट सुधारको मार्गप्रशस्त गर्नसक्ने व्यवस्था गरिएको छ । स्वमूल्याङ्कन प्रणालीको सही रूपमा कार्यान्वयन हुन सके स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि मार्गप्रशस्त भई सेवाप्रवाह थप प्रभावकारी बन्नुका साथै जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धात्मक सुधारमार्फत स्थानीय तहमा सुशासन कायम गर्न कोसेढुङ्गा सावित हुनसक्ने देखिन्छ ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधिले लिजाको कार्यान्वयनमार्फत स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न सघाउँछ । विकास तथा सुशासनका सन्दर्भमा रहेका कमीकमजोरी पहिल्याउन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र स्थानीय तहका बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउने अभीष्ट राखेको छ । कार्यविधिमा स्थानीय तहमा स्वमूल्याङ्कनका लागि दसवटा विषय क्षेत्रमा विभिन्न सूचक निर्धारण गरिएका छन् ।

ती विषय क्षेत्रमा शासकीय प्रबन्ध, सङ्गठन र प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र न्यायिक कार्यसम्पादन छन् । यसैगरी भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन एवं सहकार्य र समन्वयजस्ता विषयलाई समेत स्वमूल्याङ्कनमा समावेश गरिएको छ । यी दसवटा विषय क्षेत्रमा विभिन्न एक सयवटा सूचक निर्धारण गरी एक सय नै पूर्णाङ्क रहने गरी प्रत्येक सूचकको निश्चित अङ्कभारसमेत निर्धारण गरिएको छ

चर्चामा

सम्बन्धित समाचार