• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा ६५ लाख बढि राजस्व संकलन

बडिमालिका नगरपालिकामा ६५ लाख बढि राजस्व संकलन

  • शुक्रबार, भदौ ७, २०८१
बडिमालिका नगरपालिकामा ६५ लाख बढि राजस्व संकलन

लक्ष्मीराज पाध्याय– बडिमालिका नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व रु. ६५ लाख २२ हजार आठ सय ९९ सङ्कलन गरेको छ । आव २०७९/८० तुलनामा राजश्वमा केही राजश्वमा बृद्धि भएको देखीन्छ । आर्थिक बर्ष २०७९/८० मा ४८ लाख ६४ हजार ३ सय २० रुपिया राजस्व संकलन भएकोमा पछिल्लो आथिर्क बर्ष २०८०/८१ मा केही दायरा बढेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको राजस्व शाखाले विभिन्न शीर्षकमा कर बापत राजस्व संकलन गर्दै आएको छ । जसमा सम्पती करमा १ हजार ५ सय , भुमि कर (मालापोत) करतर्फ ३ लाख २१ हजार ७१ रुपिया कर संकल भएको शाखा प्रमुख कृष्ण खड्काले बताएका छन । घर बहाल करमा १९ लाख ११ हजार ५ सय ९७, ब्यवासाय करतर्फ १० लाख ८३ हजार २ सय ७७ रुपिँया कर संकलन भएको राजश्व शाखा प्रमुख खड्काले बताए । त्यसै गरि जडिबुटी कवाडी र जीवजन्तु कर ५५ हजार ३ सय ७०, पर्यटन शुल्क एक हजार १ सय ६०, फोहोरमैला तथा सरसफाई व्यवस्थापन सूल्क ७२ हजार २ सय ८०, सेवा शुल्क तथा तस्तुर वाफत २६ लाख ९० हजार २ सय ४८, दण्ड जरिवाना २ लाख ७६ हजार ८ सय ९५ र एम्बुलेन्स भाडा वाफत १० लाख ९५ हजार राजश्व संकलन गरिएको नगरपालिकाको राजस्व शाखाले जनाएको छ ।

बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले नगरमा सञ्चालन भएका व्यवसाय करको दायरामा ल्याउन नगरपालिकाले विशेष अभियान अघि बढाइरहेको बताए । बडिमालिका नगरपालिकाले स्थानीय व्यापार व्यवसायलाई अनिवार्य करको दारयामा ल्याउने भनिए पनि करको दायरामा ल्याउन नसकेको नगर प्रमुख खड्काले बताए । बडिमालिका नगरपालिकाभित्र सञ्चालन भईरहेका र अव सञ्चालन हुने व्यापारिक व्यवसायिक फर्महरुलाई स्थानीयतहदेखि कर कार्यालयसम्म अनिवार्य दर्ता गर्नुपर्ने नियम लागू गरेको नगर प्रमुख खड्काले बताए ।
व्यवसाय कर, नक्सा पास दस्तुर, सिफारिस दस्तुर घर बहाल कर लगायत यस नगरपालिकाको मुख्य करका श्रोत रहेको नगरपालिका उप प्रमुख तथा राजश्व परामर्श समिति संयोजक नन्दा थापाले बताएकी छन ।

बजेटमा बढि अनुमानीत सहित करको दायरा बढाए पनि हरेक समस्याका कारण उदेस्यअनुरुपमो कर संकलन नहुने गरेको उप प्रमख थापाले बताएकी छन । सदरमुकाम समेतर रहेकोले जिल्लाका नौ ओटा स्थानिय तह भन्दा बढि कर संकलन हुने भए पनि नगरपालिकाले अपेक्षा गरे अनुसार राजश्व संकलन हुन नसकेको उनको भनाई रहेको छ । बाहिरबाट आएर सदरमुकाममा ब्यापार व्यवासाय गरिरहेकाहरुलाई करको दायरामा आउन भनिए पनि उनिहरु करको दायारामा आउन नमानेका कारण राजश्व संकलनमा समस्या भएको उनको भनाई रहेको छ ।

बडिमालिका नगरपालिकाभित्र सञ्चालित अधिकांश व्यवसायी करको दायरामा आएका छैनन् । नगरपालिकामा भएका व्यवसाय करमा दर्ता भए नभएको बारे अनुगमन गरिन थालेपछि अधिकांश व्यवसाय करमा दर्ता नभई सञ्चालन हुँदै आएको पाइएको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बताए ।
हाल सम्म नगरपालिका भित्र सञ्चालित होटल, किराना, खुद्रा तथा थोक (होलसेल), फेन्सी, कपडा, बुटिक, व्युटीपार्लरलगायत साना ठूला सबैखाले व्यापार व्यवसाय स्थानीयतहामा दर्ता गरेर स्थायी लेखा नं. (पान) लिन भनिएको छ । कर कार्यालयबाट पान नम्मर लिएपछि नगरपालिकामा सूचीकरण गरेर मात्र व्यवसाय सञ्चालन गर्न व्यापारीहरुलाई अनुरोध गरिएको राजश्व शाखा प्रमुख कृष्ण खड्काले बताए । बडिमालिका नगरपालिकाले यो आर्थिक बर्ष सम्मा ३ सय बढी ब्यबासाय करको दायरामा ल्याईसकेको बडिमालिका नगरपालिका राजस्व शाखा प्रमुख खड्काले बताएका छन ।

बडिमालिका नगरपालिका भित्र सञ्चालित जति पनि व्यापार व्यवसाय छन् सबैलाई चालु वर्षको सुरुवातबाटै स्थानीयतहमा दर्ता गरेर मात्र सञ्चालन गर्न अनुरोध सहित निर्देशन दिइएको बडिमालिका नगरपालिकाले जनाएको छ । नगरपालिकामा हाल घर बहाल कर व्यवासाय कर सेवा शुल्क वाफतको कर नै बडिमालिका नगरपालिकाको मुख्य करका श्रोत रहेको नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार