• होमपेज
  • जगन्नाथ
  • जगन्नाथको पहिलो शिभनाथ युवा क्लवको पुर्नगठन, अध्यक्षमा पुनः नवीन बिष्ट

जगन्नाथको पहिलो शिभनाथ युवा क्लवको पुर्नगठन, अध्यक्षमा पुनः नवीन बिष्ट

  • बिहिबार, भदौ ६, २०८१
जगन्नाथको पहिलो शिभनाथ युवा क्लवको पुर्नगठन, अध्यक्षमा पुनः नवीन बिष्ट

बाजुरा —बाजुराको जगन्नाथ गाउँपालिकामा दर्ता भएको पहिलो युवा क्लव शिभनाथको पुर्नगठन भएको छ । पालिकाभरका युवाहरुको सहभागितामा ५ बर्षअघि गठन गरिएको युवा क्लवको बुधवार पुर्नगठन भएको हो ।

जगन्नाथका युवाहरुले २०७६ मा शिभनाथ युवा क्लवलाई गाउँपालिकामा पहिलो पटक आधिकारिक रुपमा दर्ता गराएका थिए । युवा क्लव गठन भएदेखि करिब ५ बर्षसम्म अध्यक्षको रुपमा नवीन बहादुर बिष्टले कार्यकाल बिताए । अहिले पनि युवा क्लवको पुर्न गठन हुँदा फेरी अध्यक्षमा पुनः बिष्ट नै चयन भएको जनाएको छ ।

त्यस्तै शिभनाथ युवा क्लवको उपाध्यक्षमा यस्मन बिष्ट, निर बहादुर बुढा, सचिवमा चिरञ्जीवी बुढा, कोषध्यक्षमा रंगिता बिष्ट, सह सचिवमा लोकेन्द्र बिष्ट, गौरी बिष्ट र मुन्जित सार्की चयन भएका छन् । त्यस्तै सदस्यमा रमेश बहादुर बिष्ट, कमल बहादुर बिष्ट, प्रेम बहादुर बिष्ट, बसन्त बुढा, अम्म सार्की, पारस दमाई, टेकराज बिष्ट, कमल रावल र जनक सार्की चयन भएको जनाएको छ ।

जगन्नाथमा पहिलो पटक कोरोनाको कहरको समयमा गठन गरिएको युवा क्लवले समाजमा कोरोनाको बेला पनि विभिन्न जनचेतनामूलक कार्यक्रम तथा सामाजिक काम गरेको अध्यक्ष नवीन बहादुर बिष्टले जानकारी दिएका छन् । समाजमा हुने विकृति विसंगति न्युनिकरण तथा सामाजिक काममा शिभनाथ युवा क्लव निरन्तर लागिरहेको र अबको कार्यकालमा समेत थप सक्रिय भएर लाग्ने अध्यक्ष बिष्टले बताए । अबको कार्यकालमा पनि समाजका दिन दुखीलाई सक्दो सहयोग तथा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्न सञ्चालन गर्न युवा क्लव थप जिम्मेवार र प्रतिवद्ध भएर लाग्ने उनले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार