• होमपेज
  • समाज
  • डोटीमा दुई मोटरसाईकल एकआपसमा ठोकिदा बाजुराका २ जना घाईते

डोटीमा दुई मोटरसाईकल एकआपसमा ठोकिदा बाजुराका २ जना घाईते

  • बिहिबार, भदौ ६, २०८१
डोटीमा दुई मोटरसाईकल एकआपसमा ठोकिदा बाजुराका २ जना घाईते

बाजुरा —डोटीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा बाजुराका दुईसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा बाजुरा बुढीगंगा नगरपालिका वडा नं. ०६ बस्ने वर्ष २० का सुवास बानिया, उनकी बहिनी वर्ष १७ की माया बानिया र दिपायल सिलगढी नगरपालिका ६ बस्ने वर्ष १८ का विकास खत्री रहेका छन् । बुधवार बाजुराबाट धनगढी जाने क्रममा दिपायल सिलगढी नगरपालिकाको वडा नं ६ स्थित थाप्लामा दुर्घटना हुंदा तिन जना घाइते भएका प्रहरीले जनाएकाे छ । 

सुवास बानियाँले चलाएकाे सु.प.प्र. ०१-०१२ प. ३५३३ नं. को मोटरसाइकल र विकास खत्रीले चलाएकाे बा.प्र. २०१९ प. १३४१ नं. को मोटरसाइकल एक आपसमा ठाेकिएका थिए । 

मोटरसाईकल एकआपसमा ठोक्किदा सुवास बानियाको छाती, घुडाँ र पेटमा चोट लागेको छ भने माया बानियाको पेट र खुट्टामा चोट लागेको छ । त्यस्तै विकास खत्रीको पेट, छाती र खुट्टामा चोट लागेको छ । मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेकोे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक सुवास र विकासकाे अवस्था गम्भिर रहेकाे छ भने मायाकाे अवस्था मध्यम छ । घाइते तीनै जनाकाे सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेकाे छ । 

चर्चामा

सम्बन्धित समाचार