• होमपेज
  • बडिमालिका
  • बाजुरामा करेन्ट लागेर दुई जना घाइते

बाजुरामा करेन्ट लागेर दुई जना घाइते

  • बुधबार, भदौ ५, २०८१
बाजुरामा करेन्ट लागेर दुई जना  घाइते

बाजुरा– बाजुरामा करेन्ट लागेर दुई जना घाइते भएका छन् । बुधवार जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ६ का  बर्ष २८ का रुप बडुवाल र वडा नम्बर ४ का ३० बर्षिया राजेन्द्र नाथ करेन्ट लागेर घाइते भएका हुन् ।

बडिमालिका ६ जडाङगामा स्थानीय कोर्धालीगाड जलविद्युतको चुडिएको तार जोड्ने क्रममा उनीहरु घााइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । स्थानीयहरुले स्थानीय विद्युतको तार जोड्ने क्रममा राष्ट्रिय प्रसारण लाइनमा तार लागेर घाइते भएको दाबि गरेका छन् ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्रसिंह कार्कीले बताएका छन् । घाइते बडुवाल र नाथको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार घाइते दुवै जनालाई थप उपचारका लागि बाहिर लिनुपर्ने जनाएकाे छ ।

केन्द्रीय प्रशारण लाइनसँगै तार जोडिएको पोलमा चढेपछि करेन्ट लागेको हुनसक्ने अनुमान गरिएको छ । कोर्धाली गार्ड र केन्द्रीय प्रशारण लाइनको पोल पनि नजिक र तारपनि एकअर्काबीच छोएको अवस्थामा रहेको बुझिएको छ । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रलाई समेत कुनै जानकारी नगराई पोलमा चढेको देखिएको छ ।

जघुजलविद्युत आयोजनाको विद्यतु अफ भएपनि केन्द्रीय प्रशारण लाइनको विद्युत बन्द नभएकै अवस्थामा पोलमा चढेपछि करेन्ट लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  बाजुरामा विद्युतकै कारण केही वर्षयता मात्रै ११ जनाले ज्यान गुमाइ सकेका छन् । भने दर्जन बढी घाइते भएका छन् । अस्तव्यस्त लाइन विस्तार, व्यक्तिगत असावधानी र अप्राविधिक जनशक्तिकै कारण ज्यान गुमाउनु परेको अवस्था छ ।

चर्चामा

सम्बन्धित समाचार