• होमपेज
  • बाजुरा बिशेष
  • बडिमालिका र बुढीनन्दामा पुगे करिब १२ हजार बढी तीर्थयात्री

बडिमालिका र बुढीनन्दामा पुगे करिब १२ हजार बढी तीर्थयात्री

  • मङ्लबार, भदौ ४, २०८१
बडिमालिका र बुढीनन्दामा पुगे करिब १२ हजार बढी तीर्थयात्री

बाजुरा —बाजुरा जिल्लाका धार्मीक धरोहर बडिमालिका र बुढिनन्दामा करिब १२ हजार बढी श्रद्धालु भक्तजनहरुले पुजा गरेका छन । बडिमालिमा ११ हजार पाँच सय बढि र बुढिनन्दामा करिब पाँच सय भक्तजनले दर्शन गरेको जनाएको छ । साउन ३२ गतेदेखि बाजुरा जिल्लाको सरकारी टोली बडिमालिका र बुढीनन्दा प्रस्थान गरेसँगै सुरु भएको तीर्थयात्रा सोमबार सम्पन्न भएको छ । बुढीनन्दा र बडिमालिकामा हरेक बर्षको साउन चतुर्दशीमा एकै दिन तीर्थमेला लाग्ने गर्दछ ।

यस बर्षको बुढीनन्दा तीर्थमेलामा करिब पाँच सय दर्शनार्थी पुगेको बुढीनन्दा नगरपालिकाले जानकारी दिएको छ । त्यसै गरि बडिमालिकामा राखिएको उपस्थितीमा ७ हजार ८ सयले उपस्थितीमा नाम चढाएको भए पनि धेरैले नाम टिप्न नभ्याएको हुन सक्ने अनुमान सहित करिब ११ हजार पाँच सय बढी श्रद्धालु भक्तजनले पुजा गरेको त्रिबेणी नगरपालिकाका स्थानिय भरत बुढाले बताएका छन ।

१५ हजार फिट उचाई रहेको धार्मिक आस्थाको धरोहर बढीनन्दा र ४ हजार २ सय मिटर उचाईमा रहेको बडिमालिकामा मागेको वर पाइने र मनोकांक्षा पुरा हुने विश्वासका साथ धार्मीक शक्ति पिठमा भक्तजनहरुले पूजाआजा गर्ने र बर माग्ने चलन रहेको छ । बुढिनन्दामा दर्शनका लागि बाजुरा, डोटी, अछाम, कालीकोट, हुम्ला, जुम्ला मुगुका मान्छेहरु दर्शनका लागि पुग्ने गरेको तथ्याकं रहेको छ भने बडिमालिकामा यस बर्ष नेपालका ७७ ओटै जिल्ला र भारतको कुमाउ, गडवाल, महाराष्ट, हरिद्धार लगायतका ठाउँबाट दर्शनका लागि आएको त्रिबेणी नगरपालिकाले जनाएको छ ।

हरेक बर्ष लाग्ने बुढीनन्दा तीर्थमेलामा पुग्ने दर्शनार्थीहरुको एकिन संख्या आउने गरेको भएपनि बडिमालिकाको भने हालसम्म सरकारी एकिन संख्या नआउने गरेको पाईएको छ । बडिमालिमामा हरेक बर्ष बाजुरा सहित जुम्ला, डोटी लगायतका जिल्लाबाट सरकारी टोली जाने गरेपनि तीर्थमेला व्यवस्थापन नहुने गरेको त्यहाँ पुगेका तिर्थयात्रीहरुले बताउने गरेका छन् ।

यस बिषयमा बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले भने तीर्थमला व्यवस्थापनमा अहिलेसम्म सबैको कमि कमजोरी रहेको भन्दै अर्को बर्ष सरोकारवालाहरु सबैसँग समन्वय सहकार्य गरेर लाग्नुपर्ने बताएकी छन् । बडिमालिका तीर्थमेला अवधिभर त्यहाँ राखिने होटेल, खान बस्न तथा त्यँहा पुगेका दर्शनार्थीहरुको एकिन संख्या लगायतका बिषयहरुको व्यवस्थापन गर्न स्थानीयतहरुले पनि जिम्मेवार भएर लाग्न जरुरी रहेको नगर उपप्रमुख थापाले बताइन् ।

सुदूरपश्चिम प्रदेशकै प्रसिद्व धार्मिक तथा पर्यटकिय स्थल बडिमालिका मेला व्यवस्थापन र दर्शन गर्न पुग्ने दर्शनार्थीहरुको एकिन संख्या संकलन बारे सम्बन्धित सरोकारवालाहरुको भने ध्यान जान सकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार