• होमपेज
  • बडिमालिका
  • नेपाली सेनाद्धारा बडिमालिका स्वास्थ्य शिबिरमा २ सय बढिको उपचार

नेपाली सेनाद्धारा बडिमालिका स्वास्थ्य शिबिरमा २ सय बढिको उपचार

एक जनाको हेलिकप्टमार्फत उद्धार

  • मङ्लबार, भदौ ४, २०८१
नेपाली सेनाद्धारा बडिमालिका  स्वास्थ्य शिबिरमा २ सय बढिको उपचार

बाजुरा– नेपाली सेनाले बडिमालिका तिर्थयात्राको अवसरमा स्वास्थ्य शिबिर संचालन गरि २ सय बढिको उपचार गरेको छ । नेपाली सेना, दुर्गाभन्जन गुल्मको संयोजनमा स्वास्थ्य शिबिर संचालन गरिएको हो । श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्मको  मेडिकल अधिकृत डाक्टर सहितको टिमद्वारा साउन ३२ गतेदेखि भदौ २ गतेसम्म बाजुरा जिल्ला स्थित धार्मिक तथा पर्यटकिय स्थल बडिमालिकामा शिबिर संचालन गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपती बिनोद श्रेष्ठले बताएका छन ।

जनैपूर्णिमाकाे अवसरमा लाग्ने मेला दर्शन गर्न जाने तिर्थयात्रीहरुको सुविधालाई मध्यनजर शिबिर संचालन गरिएको गुल्मपती श्रेष्ठले बताएका छन । बडिमालिकाको त्रिवेणी ईलाकामा र ४ हजार २ सय १२ मिटरको उचाईमा रहेको बडिमालिका मन्दिर ईलाकामा हजारौ संख्यामा आएका दर्शनार्थीहरुलाई हुन सक्ने संभावित स्वास्थ्य समस्या निराकरण गर्न निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने गरि वृहत स्वास्थ्य शिविर संचालन गरिएको गुल्मपती श्रेष्ठले बताए ।

मेडिकल क्याम्पको दौरान जटिल तथा सिकिस्त बिरामीहरुको उद्दारको लागि नेपाली सेनाको हेलीक्पटर स्याण्ड वाई राखिएको थियो । स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका पुरुष १ सय ६० र महिला ४२ गरी जम्मा २ सय २ जनाको डाक्टरद्वारा प्रत्यक्ष स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपती श्रेष्ठले बताए ।

यसका अतिरिक्त बडिमालिका पुगेका हजारौ तिर्थयात्रीलाई स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिएको दुर्गाभन्जन गुल्मले जनाएको छ । त्यसै गरी जटिल तथा शिकिस्त अवस्थामा पुगेका १ जना बिरामीहरुलाई मेडिकल क्याम्पमा उपचार पश्चात् नेपाली सेनाको हेलीकप्टर मार्फत उद्धार गरी थप उपचारको लागि सुर्खेत पुर्‍याईएको  गुल्मले जनाएको छ । जसमा स्वास प्रस्वासमा समस्या आई सिकिस्त बिरामी भएकी अछाम जिल्ला, चौरपाटी गाउपालिका ५ बस्ने बर्ष ६३ कि पवना देवी खडकालाई नेपाली सेनाको एनए ०६६ हेलिकप्टर मार्फत  उद्धार गरी थप उपचारको लागि सुर्खेतमा पठाईएको गुल्मले जनाएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार