• होमपेज
  • जगन्नाथ
  • विपन्न तथा असाहय ४ सय बढी परिवारलाई राहत बितरण

विपन्न तथा असाहय ४ सय बढी परिवारलाई राहत बितरण

  • सोमवार, भदौ ३, २०८१
विपन्न तथा असाहय ४ सय बढी परिवारलाई राहत बितरण

बाजुरा–  जिल्लामा ४ सय बढी विपन्न, दलित तथा असाहय परिवारलाइ खाद्यन्न वितरण गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिका वडा न १, ३ र ५ र जगन्नाथ वडा न १ का गरि ४ सय बढी परिवारलाई राहत बितरण गरिएको स्वामीकार्तिक खापर गाउँपालिका सुचना अधिकारी कुबेर बहादुर शाहिले वताएका छन् । बिभिन्न समयमा गएको पहिरोबाट पिडीत, कुपोषणबाट ग्रस्त भएका परिवार तथा विपन्न परिवारलाई बडीमालिका फाउन्डेसनको आयोजना र नेपाल हिल्फ आखनको आर्थिक सहयोेगमा राहत साम्रगी बितरण गरिएको हो । राहत वितरण तथा परिवार छनोट पालिका सँग समन्वय गरेको थियो ।

No description available.
बडिमालिका फाउण्डेशन सँगको समन्वय तथा गाउँपालिकाको सहकार्यमा पहिरो पिडित र कुपाषोषित बालबालिकाका परिवारलाई राहत साम्रगी बितरण गरिएको बडिमालिका फाउण्डेशनका अध्यक्ष प्रकाश सिहंले बताए । बिभिन्न कारणले चरम खाद्यन्न संकटको मार खेपिरहेका परिवारलाइ राहत वितरण गरिएको सिह‌ले बताए ।
पिडितलाई चामल, नुन, दाल, तेल, साबुन, लगायतका साम्रगीहरु सहयोग गरिएको बडिमालिका फाउण्डेशनका सचिव लक्ष्मीराज पाध्यायले बताएका छन । पहिरो पिडित तथा कुपोषणबाट पिडीत बालबालिकाका परिवारलाई केही सहयोग होस भन्ने उदेस्यका साथ राहत बितरण गरिएको उनले बताए । नेपाल हिल्फ आखन र बडीमालिका फाउन्डेसन नेपालले यो भन्दा पहिला पनि विभिन्न ठाउँमा पिडितहरुलाइ सहयोग गर्दै आएको छ ।

No description available.

यो राहतले स्थानियलाई ठुलो सहयोग भएको स्वामिार्तिक खापर गाउँपालिका वडा न १ का वडाअध्यक्ष अजय विकले वताएका छन् । २०७८ असोज २९ गते देखी कार्तिक १ गते सम्म आएको बेमौसमी अबिरल बर्षाका कारण स्वामिकार्तिक खापर गाउँपालिकाका बिभिन्न बस्तिहरु चिराचिरा हुदा परेका छन । ति परिवारहरु अहिले पनि विस्थापित रुपमा बसिरहेका वडा अध्यक्ष बिकले बताएका छन ।
नेपाल सरकारले घर बनाईदिने भनेको पनि ४ बर्ष पुग्दा पनि सरकारले सहयोग नगरेको स्थानियको गुनासो रहेको छन । मुक्तिकोट गाउँमा चरम खाद्य संकट सँगै बालवालिका र सुनौला हजार दिनका आमा कुपोषण दर बढीरहेको छ । बालबालिका मात्र नभइ गर्भवती, सुत्केरीमा समेत कुपोषण रहेको स्थानिय स्वास्थ्यकर्मिले बताएका छन ।

No description available.
मुक्तीकोटमा बाह्रै महिनामा चरम खाद्य संकटको मारमा रहेको स्थानियले वताएका छन् । अहिलेको सहयोगले ठुलो राहत भएको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानिय मन्दिरे कुमालले वताए । चरम खाद्य संकट सँगै महिलाहरु र बच्चाहरुमा रक्क्तअल्पता र कुपोषित रहेका छन् । महिलाहरुले पेटभरी खान पाउदैनन, बच्चा पाउने महिलाहरु समेत कुपोषित रहेको स्वास्थ्यको रिर्पोटमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार