• होमपेज
  • समाज
  • बझाङमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सुदूरपश्चिम सरकारले राहत दिने

बझाङमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सुदूरपश्चिम सरकारले राहत दिने

  • सोमवार, भदौ ३, २०८१
बझाङमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सुदूरपश्चिम सरकारले राहत दिने

धनगढी— सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ ।

सोमबार सुदूरपश्चिम प्रदेश सरकारले शोक वक्तव्य जारी गर्दै पहिरोमा परेर ज्यान गुमाएको घटना प्रति दुःख व्यक्त गर्नुका साथै परिवारलाई राहत दिने घोषणा गरेको हाे ।

मुख्यमन्त्री कमलबहादुर शाहद्वारा हस्ताक्षरित शोक वक्तव्यमा भनिएको छ, “मृतकप्रति श्रद्वाञ्जली व्यक्त गर्दै तत्काल उद्वार तथा राहत कार्यमा सँलग्न हुन सम्बन्धित निकायलाई निर्देशन गरेको कुरा जानकारी गराउँदै मृतकका परिवारलाई प्रतिव्यक्ती एक लाखका दरले राहत स्वरुप प्रदान गर्ने घोषणा गर्दछु ।”

गएराति घर माथिबाट पहिरो खस्दा बझाङको बुङ्गल नगरपालिका-१० को टुमेडागाउँका बिरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो। धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार