• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बाजुरा जिल्ला अदालतमा २ महिना देखी न्यायाधीश विहीनः न्याय सम्पादन प्रभावित

बाजुरा जिल्ला अदालतमा २ महिना देखी न्यायाधीश विहीनः न्याय सम्पादन प्रभावित

  • आइतवार, भदौ २, २०८१
बाजुरा जिल्ला अदालतमा २ महिना देखी न्यायाधीश विहीनः न्याय सम्पादन प्रभावित

पदम बहादुर सिंह —जिल्ला अदालत बाजुरा २ महिना देखी न्यायाधीश विहीन रहेको छ । अदालतमा कार्यरत न्यायाधिश लालकाजी श्रेष्ठ विदामा बसेपछि जिल्ला अदालत बाजुराको न्यायसम्पादन प्रभावित भएको हो ।

जिल्ला अदालत बाजुरामा १ जना न्ययाधिशको दरबन्दी रहेको छ । दरबन्दी अनुसार कार्यरत न्ययाधिश लालकाजी श्रेष्ठ असार पहिलो साता बिदा लिएर बेलायत भ्रमणमा गएपछि जिल्ला अदालतबाट हुने न्यायसम्पदनका कामहरु प्रभावित भएका छन् ।

न्ययाधिश नहुँदा निमित्त श्रेष्तेदारले थुनक्षेक आदेश गरेका मुद्धाहरु न्ययाधिशले पुर्नबिचार गर्नु पर्ने हुन्छ । न्ययाधिशले पुर्नविचार गरे मात्र पूर्वक्षका लागि थुनामा धरौटीमा छुट्ने पुनराबेदन गर्ने लगाएत अन्य प्रकृयामा जान पाउने हुन्छ । न्ययाधिश नहुदा यस्ता थुप्रै मुद्धाहरु रोकिएका जिल्ला बार एसोशियसन बाजुराका अध्यक्ष पुरबहादुर रावतले बताए । फैसला प्रकृया अगाडी बढेर पेशीमा चढेका मुद्धा न्ययाधिश नहुदा रोकिएर थप थुनामा बस्नु पर्ने बाध्याता भएको अध्यक्ष रावतले बताए ।

यो आर्थिक बर्षबाट स्वचालित पेशी प्रणर्ाली सप्टोवयरबाट मुद्धा तारिक प्रकृया सुरु भएको छ । न्ययाधिश नहुँदा मुद्धा पक्षले हप्ताका हप्ता तारिक लगाउने मात्र काम भएको र अन्य प्रकृया नै अगाडी बढ्न सकेको छैन । बर्षातको समय बाजुरा भौगोलिक रुपमा यस्तै दुर्गम बाटोघाटो बन्द छन । हप्ताको हप्ता तारिक लगाउन आउदा मुद्धा पक्षलाई झन समस्या भएको छ ।

दुई महिना देखी विदा लिएर विदेश भ्रमणमा रहेका न्ययाधिश लालकाजी श्रेष्ठ बिदेशबाट फर्कीय लगत्तै काठमाण्डौबाटै काज सरुवा भएका छन् । बाजुरामा न्ययाधिश आउने कुराको टुंगो नै छैन । बिभिन्न शिर्षक मुद्धाका पक्षसंग बुझ्दा फेसलाका लागि पेशीमा चढेका मुद्धा न्ययाधिश नहुँदा फैसला सर्दा समस्या भएको बताउँछन् ।

जिल्ला अदालत बाजुरामा आर्थिक बर्ष २०८०/०८१ दुनियाबादी देवानी तर्फ पारिवारिक विवाद सम्बन्धि बिबाह सम्बन्धि १ थान उजुरीमा १ थान बाँकी, सम्बन्ध बिच्छेद सम्बन्धि ३४ थान मुद्धा मध्ये २४ थान फछ्यौट भए भने १० थान मुद्धा बाकी र अंशबण्डा सम्बन्धि ५ थान मुदा दर्ता भएका मा २ थान मुद्धा फछ्यौट ३ थान मुद्धा बाकी रहेका छन् । सम्पत्ति सम्बन्धि लेनदेन तर्फ ६ थान मुद्धा मध्ये ५ थान फछ्यौट भएका छन भने १ थान बाकी रहेको छ । जग्गा सम्बन्धि २ थान मुद्धा दर्ता भएकामा २ थान वटै फछ्यौट भएका छन् ।

अनुसुची १ अन्र्तगत सरकारी फौजदारी मुद्धा अन्र्तगत छुवाछुत वा भेदभाव सम्बन्धि २ थान मुद्धा मध्ये १ थान फछ्यौट भएको छ भने १ थान बाकी रहेको छ । बहुविबाहका ११ थान मुद्धा मध्ये ४ थान फछ्यौट भएका छन भने ७ थान फछ्यौट हुन बाकी रहेका छन् । कर्तव्य ज्यान सम्बन्धि ६ थान मुद्धा दर्ता भएका मध्ये ३ थान फछ्यौट भए भने ३ बाकी छन् । त्यस्तै गर्भपत सम्बन्धि २ थान मुद्धा दर्ता भएका मा २ थान फछ्यौट हुन बाकी रहेका छन् । ज्यान मार्ने उद्योग सम्बन्धि १२ थान मुद्धा दर्ता भएकामा ५ थान फछ्यौट भएका छन भने ७ थान मुद्धा बाकी छन् । आत्मा हत्या दुरुत्साहन सम्बन्धि ५ थान मुद्धामा २ थान फछ्यौट भएका छन् भने ३ थान मुद्धा बाकी रहेका छन् ।

त्यसै गरी करणी सम्बन्धि कसुरमा जवरजस्ती करणी सम्बन्धि १८ थान मुद्धा दर्ता भएकामा ८ थान फछ्यौट भएका छन भने १० थान बाकी रहेका छन् । जवरजस्ती करणी उद्योथ सम्बन्धि ३ थान मुद्धा मध्ये ३ थान फछ्यौट भए भने १ बाकी रहेको छ । इजलास सम्बन्धि कसुरमा साधारण चोरीमा २ थान मुद्धा दताए भएकामा २ वटै फछ्यौट भएका छन् । नकवजनी चोरी सम्बन्धि २ थान मुद्धामा २ वटै फछ्यौट भएका छन् ।
अनुसुची १ मा उल्लेखित विशेष ऐन अन्तर्गगतका सरकारी फौजदारी मुद्धामा सवारी ज्यान वा अंगभंग वा घाईते भएको कसुरमा ६ थान मुद्धा दर्ता भएका मध्ये ४ थान फछ्यौट भएका छन भने २ थान बाकी रहेका छन् । विविध कसुर सम्बन्धि ३ थानमा ३ वटै बाकी रहेका छन् । लागु औषध हिरोईन सम्बन्धि १ थानमा १ थान नै बाकी छ । गाजा चरेश सम्बन्धि १ थानमा १ थान फछ्यौट भएको छ ।

अनुसूची ४ अन्तर्गत दुनियाबादी फौजदारी तर्फ अनुसूची १,२, र ३ बाहेकका फौजदारी मुद्धा ७ थान रहेकामा ४ थान फछ्यौट भएका छन भने ३ थान बाकी रहेका छन् । चेक अनादार तर्फ ६ थान मुद्धा दर्ता भएका मा ३ थान फछ्यौट भएका छन भने ३ थान मुद्धा बाकी रहेका छन ।
आर्थिक बर्ष ०८०/०८१ मा सवै कुल १ सय ४९ थान मुद्धा दर्ता भएकामा ८० थान मुद्धा फछ्यौट भए भने ६९ थान मुद्धा फछ्यौट हुन बाकी रहेका जिल्ला अदालत बाजुराले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार