• होमपेज
  • बुढीगंगा
  • जीर्ण गुइगाड पुलमा यातायात संचालनको जोखिम

जीर्ण गुइगाड पुलमा यातायात संचालनको जोखिम

एक पटकमा एउटा मात्र गाडी

  • शनिबार, भदौ १, २०८१
जीर्ण गुइगाड पुलमा यातायात संचालनको जोखिम
तस्विरः बडिमालिका खबर

पदम बहादुर सिंह —बाजुरा जिल्ला सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे मार्तडी सडक खण्डमा पर्ने गुइगाड खोलाको पक्की ट्रस ब्रिज पुल निर्माण कम्पनीको लापरबाहीका कारण जीर्ण बनेको छ । जोखिमपूर्ण ट्रस ब्रिजमा सावारी साधन संचालन गर्न यातायात व्यवसायी बाध्य छन् ।

२०६८ असारमा सडक डिभिजन कार्यालय साँफेबगर अछामसँग राजेन्द्र थिगिन जेभीले २०७० साउन ३० भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ५ करोड ९६ लाख १ सय १२ रुपैमा ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो । निर्माणको जिम्मा पाएको कम्पनीले विभिन्न बाहना बनाउदै सम्झौता अनुरुप काम सम्पन्न गर्न सकेन । सम्झौता अनुरुप काम सम्पन्न नगरेपछि थप ०७१ असार मसान्तसम्म काम सक्ने गरी म्याद थपेको थियो । थप गरीएको समयमा समेत निर्माण सम्पन्न नगरे गरेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले बताएको छ ।

ताकेता दिँदा ०७५ मा निर्माण कम्पनीले काम सम्पन्न गरेको जानकारी पछि पक्की ट्रस ब्रिजको चेकजाच गर्दा कम्सल सामान र ट्रस ब्रिजमा लगाउनु पर्ने सामग्री स्टमेट अनुसारको जडान नभएको सडक डिभिजन कार्यालय साफेबगरले बताएको छ । ६ बर्षअघि मात्रै निर्माण कार्य सम्पन्न भएको ६० मिटर लम्बाइ पुलले ४५ टन लोड भार धान्नु पर्ने हुन्छ । पुलको लोड टेस्टका लागि सडक डिभिजन कार्यालय साफेबगर अछाम र पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले पुलमा ३० टन लोड समेत धान्न नसकेर पुल लच्किएर चर्किए पछि पुल पास भएको छैन ।

जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक भएका कारण गाडीलाई आउजाउ गर्न सहजताका लागि हाल एक पटकमा एउटा मात्र गाडी हिँड्ने गरेर साइनबोर्ड टाँस गरेर पुल संचालनमा रहेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ । पुलले स्टमेट अनुसारको क्षेमता अनुरुप लोड भार धान्नुपर्ने सो पुलले लोड धान्न नसेकपछि दुर्घटनाको जोखिम रहेको भन्दै पुलको पुनः निर्माण हुनुपर्ने स्थानीयहरुले बताएका छन् ।

सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी आकाश श्रेष्ठले पुलको लोड जाँच गर्दा धेरै लोड धान्न नसकेपछि दुर्घटना नहोस् भन्ने उद्देश्यले एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्न साइनबोर्ड टाँस गरिएको बताएका छन् । पुलको साईटमा एक पटक एक मात्र सवारी साधान आउजाउ गर्न साईनबोर्ड टासिएको छ । कुन सवारी साधान कति क्षेमताको भन्ने नै छैन । एउटा मोटर साईकल मात्र आउजाउ गराउने की बस मात्र गराउने की लोड ट्रकहरु गराउने नखुल्दा बढी जोखीम भएको यातायात ब्यवसायीहरुले बताएका छन् ।

२०६८ साल निर्माण कार्य सुरु गरिएको पुल सम्सल निर्माण सामग्री प्रयोग गरेर लामो समयसम्म निर्माण कार्य पुरा नभए पछि पुलको साईटबाट लेन्टर खुईलिएर सरिया देखीन थालेका छन् । साईटका पिल्टरका भाग गुईगाड खोलाले बगाएर जमिन भन्दा माथि निस्कीएका छन । पिल्लरको सुरक्षाको लागि कसैले पनि ध्यान नदिएको स्थानिय बताउछन् ।

बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलका अनुसार गुइगाड पुल जोखिममा रहेको छ लिल्लर सुरक्षाको लागि सडक डिभिजन कार्यालय साफेबगरलाई धेरै पटक जानकारी गराएको बताए । निर्माण सक्पनीले पुल हस्तान्त्रण नगरेकोले सडक डिभिजनले काम गर्न नमिल्ने जवाफ आउने गरेको प्रमुख जिल्ला अधिकारी पोडेलले बताए ।

सडक डिभिजन कार्यालय साफेबगर अछामका प्रमुख रमेश चौधरीले निर्माण कम्पनीले काम पुरा नगरेको बताए । पुल जोखिम हुँदै गएको छ, निर्माण कम्पनी राजेन्द्र थिगिन जेवीले सडक डिभिजनलाई हस्तान्त्रण नगरेको बताए । आफुले निर्माण कम्पानीलाई ट्रस ब्रिज पक्कीपुल आवश्यक मर्मत गरेर हस्तान्त्रण गर्न धेरै पटक पत्राचार गरेको भएपनि अटेर गरेका कारण मर्मत कार्य अलपत्र परेको प्रमुख चौधरीले बताए । निर्माणर् कम्पनीले हस्तान्त्रण नगर्दासम्म सडक डिभिजनले मर्मत कार्य गर्न नमिल्ने बताए ।

सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई करिब ९५ प्रतिशत रकम निकासा गरिसकेको छ । ५ करोड ९६ लाख १ सय १२ रुपैयाँमा निर्माण गर्ने गरी पुलको सम्झौता भएकोमा ५ करोड २८ लाख २० हजार ५७ रुपैयाँ निकासा भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार