• होमपेज
  • समाज
  • अलपत्र सुर्पनाको परिवारलाई खाद्यान्न सहयोग

अलपत्र सुर्पनाको परिवारलाई खाद्यान्न सहयोग

  • शनिबार, भदौ १, २०८१
अलपत्र सुर्पनाको परिवारलाई खाद्यान्न सहयोग

बाजुरा —आर्थिक अभावले उपचार तथा घरखर्च चलाउन समस्या भएर बिचल्लीमा परेकी बाजुराकी सुर्पनाको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । आगाले जलेकी बाजुराको जगन्नाथ गाउँपालिका ६ तल्लोकाप्री बस्ने ४० बर्षिय सुर्पना दमाईको परिवारलाई बिभिएस नेपाल काठमाडौंले खाद्यान्न सहयोग गरेको हो ।

सुर्पनाको बिरामीको चेकजाँचसँगै घरखर्च चलाउन धौ धौ भएको भन्दै एक महिनासम्मको लागि खाद्यान्न सहयोग गरिएको बिभिएस नेपालकी प्रतिक्षा गिरीले बताएकी छन् । अहिलेलाई परिवारको लागि केहि खाद्यान्न सहयोग गरेको र आगामी दिनमा सुर्पनाको उपचारमा समेत सक्दो सहयोग गर्न गिरीले बताइन् ।

१ बर्ष पहिले आगोले जलेर सुर्पनालाई सहयोगी निकायको सहयोगमा काठमाडौमा उपचार भएर घर फर्केपनि फेरी चेकजाँच गर्न काठमाडौंसम्म जान आर्थिक नहँदा समस्यामा परेकी छन् । अहिले उनका तिन छोरा र सुर्पनाको परिवार समस्यामा परेका छन् । श्रीमान जैमन दमाइले पहिलेनै अर्को बिहे गरेर अलग बस्ने गरेका छन् । श्रीमान पनि लामो समय देखी बिरामी रहेका छन् । आखाँ समेत नदेख्ने सुर्पनालाई अहिले चार परिवार पाल्न धौ धौ भएको भन्दै यतिबेला सुर्पनाको परिवारले सहयोगका लागि सबैमा हारगुहार गरिरहेका छन् ।

तिन छोरा र सुर्पना गरि चारजना परिवारमा दैनिक छाक टार्न पनि निकै धौ धौ भएको छ । उनि आँखा देख्दैनन । आँखा नदेख्ने भएपछि सुर्पना दमाई दिशापिसाब शरिरमै गर्ने गरेकी छन् ।

सुर्पनाका १६ बर्षका छोरा राकेश, १३ बर्षका बिनोद र ९ बर्षका प्रकाश दमाइ रहेका छन् । उनिहरु स्थानिय बिद्यालयमा पढने भएपनि आर्थिक अबस्था कमजोर हुदा पठनपाठनमा निकै समस्या भएको स्थानिय नविन बिष्टले बताएका छन् । उनीहरु स्कुल डेरेस, स्टेशनरी विना बिद्यालय जाने गरेका छन् । सुर्पनाले गाउँघर मागेर र जेठो छोराले ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छन् ।

सुर्पनाको उपचार तथा चेकजाँच र परिवार पाल्न निकै समस्या भएको भन्दै अहिले उनको परिवार सहयोगको आशामा बसिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार