• होमपेज
  • बाजुरा बिशेष
  • मार्तडी कोल्टी सडक निर्माणको २५ बर्षमा ९ किलोमिटर कालोपत्रे

मार्तडी कोल्टी सडक निर्माणको २५ बर्षमा ९ किलोमिटर कालोपत्रे

  • शुक्रबार, साउन ३२, २०८१
मार्तडी कोल्टी सडक निर्माणको २५ बर्षमा ९ किलोमिटर कालोपत्रे

लक्ष्मीराज पाध्याय —सदरमुकाम देखी कोल्टीसम्मको जम्मा ४२ किलोमिटर सडक निर्माणको २५ बर्षपछि ९ किलोमिटर सडक पिच गरिएको छ । २०५६ सालमा शिलान्यास भएको उक्त सडक निर्माणको २५ बर्षपछि ९ किलोमिटर पिच भएको छ । जसमा मार्तडी कोल्टी सडक अन्तरगत धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँले जिम्मा लिएको मार्तडी देखी चुथी सम्म ९ किलोमिटर सडक कालोपत्रे गरेर सम्पन्न भएको पुर्वाधार बिकाश कार्यालय अछामका कार्यालय प्रमुख ईन्जीनियर रुद्र बहादुर बोगटीले बताएका छन् ।

मार्तडी देखि कोल्टीसम्मको सडकलाई मार्तडीबाट २०५६ सालदेखी २०६२ सालमा तत्कालीन जिल्ला विकास समिति बाजुरा अन्तरगतको आरसिआईडव्लुले बिगतमा ४२ किलोमिटर सडकमा ३५ करोड भन्दा बढि खर्च गरिसकेको थियो । मार्तडी कोल्टी सडक ३ बर्ष भित्र कालोपत्रे गरिसक्ने योजना सहित सम्झौता भएको ५ बर्ष पुरा भइसक्दा पनि सडक निर्माण हुन सकेको छैन ।

३३ किलोमिटर सडक अझै निर्माणाधिन छ । मार्तडी देखि कोल्टी सम्मको ४२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने कम्पनीले २३ करोड भन्दा बढी भुक्तानी लिएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्रबहादुर बोगटीले बताए ।

मार्तडी-कोल्टी सडक निर्माणका लागि २०७८ असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले सडक निर्माण कार्यको जिम्मा लिएका थिए । मार्तडी कोल्टी सडक कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन गरिएको थियो । चुथी देखि डम्कने झन्डै ६ किलोमिटर र ढम्केने देखि कोल्टी सम्मको २६ किलो मिटर गरि ३३ किलोमीटर सडक बाँनीया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएको छ ।

मार्तडी कोल्टी सडक निर्माणका लागि संघ र प्रदेश सरकारबाट ९८ करोड ७५ लाख १२ हजार रकम बिनियोजन भएको थियो । यो रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको तत्कालिन प्रदेश सांसद सांसद बल्देव रेग्मीले वताएका छन् । मार्तडी देखी कोल्टी सम्म ४२ किलोमिटर बुढिनन्दा नगरपालिका २ कोल्टिगाँउ सम्म पुग्ने रहेको पुर्वाधार विकास कार्यलयले जनाएको छ ।

सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाही कारण सो सडक निर्माण कार्यमा ढिलाइ भएको बुढिनन्दा नगरपालिकाका उप प्रमुख राम बहादुर बोहराले बताए । तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगर्दा सडक निर्माण कार्यमा ढिलाइ भएको उप प्रमुख बोहराले बताए ।

बाजुराको पुर्वी उत्तर क्षेत्रका ४ ओटा पालिका र कणर्ाली प्रदेशका हुम्ला र मुगुका नागरिकहरूको मेरुदण्डको रूपमा रहेको यस सडकको निर्माणले गति नलिँदा नागरिकहरूले सास्ती व्यहोर्नु परेको कोल्टीका स्थानिय जनम धामीले बताए । सडककै दुर्दशाले व्यवसायीले महगो समान लिनुपर्ने र नागरिकले महगो सामान उपभोग गर्नुपर्ने बाध्यता रहेको धामीको भनाई रहेको छ । नेपाल सरकार र प्रदेश सरकारको साझेदारी तथा प्रदेश सकारको गौरवको योजना भए पनि कामले गति लिन नसकेको स्थानियको भनाई रहेको छ ।

मार्तडी कोल्टी सडक निर्माण कार्यमा निकै ढिलाइ भएपछि अहिले ठेकेदार कम्पनीलाई चाँडो भन्दा चाँडो सडक निर्माणका लागि पत्रचार गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन । सडक निमाणर्सँग सम्बद्ध निकायले ठेक्का सम्झौताको उल्लेखित समय भित्र सडक निमाणर्को काम गर्न नसकेका कारण बाजुराबासीले सो समस्या झेल्दै आएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।

जिल्लाको सदरमुकाम मार्तडीबाट पुर्वीउत्तरी क्षेत्रका ४ वटा स्थानिय तह र कर्णाली प्रदेशका छिमेकी जिल्ला मुगु र हुम्लाका केही स्थानिय तहको मुख्य व्यापारी केन्द्रको रुपमा रहेको कोल्टी बजार हो । मार्तडी कोल्टी सडक खण्डको हालसम्म निर्माण कार्य कछुवा गतिमा भइरहेको स्थानियको आरोप छ । यो सडकको स्तरउन्नति नहुँनुमा सडक बिभाग पुर्वाधार कार्यालय र निर्माण कम्पनीको चरम लापरबाही भएको स्थानीयको आरोप छ ।

सो सडक पटक पटक म्याद थप गर्दासमेत योजना पूरा नभएपछि निर्माण कम्पनीले फेरी म्याद थपको काम अगाडि बढाएको छ । थपिएको म्यादमा पनि सडक निर्माण पूरा हुनेमा नागरिक विश्वस्त छैनन् । निर्माण कम्पनी र कार्यान्वयन गर्ने निकायको ढिलासुस्तीका कारण यो सडक योजनाले चाहे अनुसार गति लिन नसकेको नागरिकको गुनासो छ ।

प्रदेश सरकारको बहुबर्षिय योजनामा परेको यो सडकमा ९ किलोमिटरको काम सम्पन्न भए पनि ३३ किलोमिटर सडक कहिले सम्म बनिसक्ने भन्ने अत्तो छैन । यो सडक कालोपत्र भएमा बाजुराका उत्तरी क्षेत्रका चारवटा स्थानिय तह, हुम्ला, मुगुका बासिन्दालाई निकै सहज हुने नागरिक अगुवा प्रदिपराज जैशीले वताएका छन् । रकम करोडौ खर्च भईसकेको छ, एकातिर सुस्त गतिमा सड्क निर्माण भएको छ भने अर्कोतिर सड्क पुरा हुन नसकेको नागरिक समाजका अगुवा जैशीले बताए ।

सो सड्क खण्डमा गाडि तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् । अव्यवस्थित सड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकले बताएका छन् । सबै भन्दा अफ्ठयारो बडिमालिका नगरपालिकाको पोरखे देखी बुढिनन्दा नगरपालिकाको कोल्टीसम्म रहेको गाडि सञ्चालकले बताएका छन् । मार्तडी कोल्टी सडकको निर्माण समयमै हुने हो भने पुर्वीउत्तरी क्षेत्रका ४ स्थानीय तह र छिमेकी कणर्ली प्रदेशका मुगु र हुम्ला जिल्लाका केही स्थानिय तहका नागरिकलाई समते राहत पुग्ने देखिन्छ ।

बाटो सहज नहुँदा अहिले मार्तडी देखी कोल्टी पुग्नका लागि कतै गाडी त कतै पैदल यात्रा गर्नुपर्ने बाध्याता रहेको छ । समय मात्र लाग्दैन्, हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा गाडी नचिनिने हुन्छन्। यात्रुको स्वास्थ्य र वातावरणमा समेत प्रतिकूल असर गरिरहेको छ

चर्चामा

सम्बन्धित समाचार