• होमपेज
  • समाज
  • आगोले जलेकी बाजुराकी सुर्पनाको परिवार बिचल्लीमा

आगोले जलेकी बाजुराकी सुर्पनाको परिवार बिचल्लीमा

  • शुक्रबार, साउन ३२, २०८१
आगोले जलेकी बाजुराकी सुर्पनाको परिवार बिचल्लीमा

बाजुरा —आगाले जलेकी बाजुराको जगन्नाथ गाउँपालिका ६ तल्लोकाप्री बस्ने ४० बर्षिय सुर्पना दमाईको परिवार बिचल्लीमा परेको छ । १ बर्ष पहिला आगोले जलेर सुर्पनालाइ सहयोगी निकायको सहयोगमा काठमाडौमा उपचार भएको थियो । उपचार पछि सञ्चो भएर घर फिर्ता भएकी थिइन् ।

अहिले उनका तिन छोरा र सुर्पनाको परिवार समस्यामा परेका छन् । सुर्पनाको काठमाडौमा फलोअप चेकजाँच गर्न जान पैसा नहुदा घरमै थन्किएकी छन् । श्रीमान जैमन दमाइले पहिलेनै अर्को बिहे गरेर अलग बस्ने गरेका छन् । श्रीमान पनि लामो समय देखी बिरामी रहेका छन् । आखाँ समेत नदेख्ने सुर्पनालाई अहिले चार परिवार पाल्न निकै धौ धौ भएको छ ।

सुर्पनाको परिवारमा चरम खाद्य संकट भएको छ । तिन छोरा र सुर्पना गरि चारजना परिवारमा दैनिक छाक टार्न पनि निकै धौ धौ भएको छ । उनि आँखा देख्दैनन । आँखा नदेख्ने भएपछि सुर्पना दमाई दिशापिसाब शरिरमै गर्ने गरेकी छन् ।

सुर्पनाका १६ बर्षका छोरा राकेश, १३ बर्षका बिनोद र ९ बर्षका प्रकाश दमाइ रहेका छन् । उनिहरु स्थानिय बिद्यालयमा पढने भएपनि आर्थिक अबस्था कमजोर हुदा पठनपाठनमा निकै समस्या भएको स्थानिय नविन बिष्टले वताएका छन् । उनीहरु स्कुल डेरेस, स्टेशनरी विना बिद्यालय जाने गरेका छन् । सुर्पनाले गाउँघर मागेर र जेठो छोराले ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छन् ।

गत बर्ष सुर्पना आगाले जलेको २ महिना सम्म पनि उपचार नभइ अलपत्र रहेकी थिइन् । उनि अलपत्र परेको समाचार आएपछि उनलाइ बडिमालिका फाउन्डेसनको सहकार्यमा उद्धार गरेर काठमाडौ पुगाएका थियौ । काठमाडौमा रहेका बिभिएस नेपाल र मेडिकल पुर्नस्थापना केन्द्रको सहयोगमा उपचार भएको हो ।

सुर्पनाको २०७९ पुषमा आगोमा परेर उनले दायाँ हात खुट्टा जलेको थियो । खुट्टा सामान्य जलेको थियो, खुट्टा सञ्चो भइसकेको थियो । हात भने धेरै जलेकोले घाउ सञ्चो नभएर घाउ पुरै पाकिरहेको स्थानिय सुर्जा बुढाले बताएकि थिइन् ।

दुबै आँखा नदेख्ने सुर्पनाको खान पकाउने बेला चुलोमा परेर हात जलेको थियो । उपचार अभाबमा उनका हातका औलाहरु पुरै पाकेर गनाइरहेका थिए । दुबै आँखा देख्न नसक्ने भएकाले उनलाइ उपचारमा जान पनि निकै समस्या भएको थियो, समाचार प्रकाशित पछि उद्धार भएको स्थानिय सुर्जा बुढाले बताइन् ।

कसुर्पना दमाई अहिले दुइवटै आँखा नदेख्ने भएकी छन । २०७९ असार महिना देखि एकाएक आँखा नदेख्ने भएकी थिइन् । टाउको बिरामी रहेकी थिइन्, त्यहि कारण हो वा अन्य कारणले हो असारमा एकाएक आँखा नदेख्ने भएको स्थानियले बताए । आँखा नदेख्ने भएकाले उनि चुलोमा परेर जलेको स्थानियले बताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार