• होमपेज
  • त्रिवेणी
  • बाजुराको त्रिवेणी नगरपालिकाले भदौ २ गते सार्वजनिक विदा दिने

बाजुराको त्रिवेणी नगरपालिकाले भदौ २ गते सार्वजनिक विदा दिने

  • बिहिबार, साउन ३१, २०८१
बाजुराको त्रिवेणी नगरपालिकाले भदौ २ गते सार्वजनिक विदा दिने

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिकाले भदौ २ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकामा साउन २४ गते बसेको बैठकले भदौ २ गते आईतबारका दिन सार्वजकि विदा दिने निर्णय गरेको हो ।

नगरपालिकास्थित नेपालकै प्रसिद्ध पर्यटकीय तिर्थ स्थल तथा धार्मिक आस्थाको धरोहर बडीमालिका माताको मन्दिरमा पुजा हुने भएकोले भदौ २ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवि शाहले बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत शाहका अनुसार भदौ २ गते आइतबारका दिन पालिका अन्तरगतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकीहरु, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक तथा निधि विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

May be an image of ticket stub and text

चर्चामा

सम्बन्धित समाचार