• होमपेज
  • बुढिनन्दा
  • बाजुराकाे बुढीनन्दा तीर्थयात्रा सुरु

बाजुराकाे बुढीनन्दा तीर्थयात्रा सुरु

  • बिहिबार, साउन ३१, २०८१
बाजुराकाे बुढीनन्दा तीर्थयात्रा सुरु

बाजुरा– धार्मीक आस्थाका शक्ति केन्द्रकाे रुपमा रहेकाे  बुढीनन्दा धार्मिक तीर्थयात्रा सुरु भएको छ । प्राकृतिक सुन्दरता र धार्मीक आस्थाका धरोहर मानिएका बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गर्दछ । सोही पुजाका लागि धार्मीक तीर्थयात्रा सुरु भएको छ ।

बुढिनन्दा शक्ति पीठमा तीनदिन पहिला नै यात्रा प्रारम्भ गर्नु पर्ने धार्मिक मान्यता छ । सयाैँको संख्यामा तीर्थयात्राहरु केहीदिन पहिलादेखि नै बुढीनन्दा जान थालेपनि औपचारिक यात्रा बिहिबारबाट सुरु गरिएको बुढिनन्दा  नगरपालिकाले जनाएको छ ।

मानेको वर पाइने र मनोकांक्षा पुरा हुने विश्वासका साथ धार्मीक शक्तिकेन्द्रमा भक्तजनहरुले पूजा पाठ गर्ने गरेका छन् । दर्शनका लागि बाजुरा, डोटी, अछाम, कालीकोट, जुम्लासहित देशभरिबाट भक्तजनक आउने गरेका छन् । भने छिमेकी देश भारतबाट पनि भक्तजनहरु बडीमालिकाको दर्शनका लागि आउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार